सहिमाभन्दा खुसी उनको रातो साडी (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ७ श्रावण शुक्रबार
no img

sahima

काठमाडौं, ७ साउन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा गायिका सहिमा श्रेष्ठको रातो साडीसमेत खुसी भएको छ । आधुनिक तथा पाश्र्वगायनमा चम्किँदै गरेकी सहिमाले यसपालीको तिजलाई लक्षित गर्दै एउटा गीत सार्वजनिक गरेकी छ, जुन गीतमा उनले आफ्नो रातो साडीको बयान गरेकी छन् । ‘खुसी भयो मेरो रातो साडी’ बोलको आफ्नो तिज गीतमा सहिमा आफैले छमछमी कम्मर मर्काएकी छन् ।
हुन त सहिमाले केही समययता आफ्नो हरेक गीतमा आफैले मोडलिङ गर्दै आएकी छन् । त्यसमाथि महिलाले नाच्ने गाउने तिज पर्वलाई लक्षित आफ्नो गीतमा उनी नाच्ने कुरै भएन । यो आफ्नो गीतले तिजमा नेपाली महिला दिदीबहिनीलाई नचाउन सफल हुने सहिमाको विश्वास छ । गत वर्ष पनि आफ्नो तिज गीतमार्फत नचाउन सफल भएकी सहिमाले भनिन्, ‘यो गीत पनि नाच्नकै लागि डान्सिङ बिटमा तयार गरेकी हुँ ।’
दीपक शर्माको संगीत रहेको यस गीतको शब्दरचना शान्तिप्रियले लेखेका हुन् । स्मृति तिमिल्सिनाको निर्देशन तथा कोरियोग्राफी रहेको ‘खुसी भयो मेरो रातो साडी’ को यस भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् । यस भिडियोलाई विणा म्युजिकले ल्याएको हो । यु–ट्युबमा भने सहिमा श्रेष्ठमार्फत नै सार्वजनिक गरिएको हो, जुन एकाउन्ट सहिमाकै हो ।

Comments