लाक्पाको ‘अलिअलि खुसी’मा केकी र सुनिल (भिडियो)
screennepal
प्रकाशित: २०७३, ६ श्रावण बिहीबार
no img

lakpa

काठमाडौं, ६ साउन । गायिका लाक्पा भुटियालाई हिजोआज अलिअलि होइन निकै खुसी लागेको छ । हुन त आफ्नो गीत तथा भिडियो सार्वजनिक गर्न पाउँदा कसलाई खुसी नलाग्ला र ? तर, लाक्पाले भने गीतमा ‘अलिअलि खुसी गाएको भएपनि गीत श्रोताले मन पराइदिँदा निकै खुसी छिन् । ‘अलिअलि खुसी’ बोल गीतको भिडियोलाई गायिका लाक्पा हालै यु–ट्युब च्यानलमार्फत सार्वजिक गरेकी हुन् ।
शब्द तथा संगीत मण्डल साम्पाङको रहेको यस गीतको भिडियोमा गायिका लाक्पालाई पनि फिचरिङमा देख्न सकिन्छ । अभिनेत्री केकी अधिकारी र सुनिल बलालको अभिनय रहेको यस भिडियोलाई लक्षु गौतमले निर्देशन गरेका हुन् । अनुप पौडेलले सम्पादन गरेको यस भिडियोलाई रामेश्वर हुमागाईंले छायांकन गरेका हुन । यस भिडियोलाई छोटो समयमै श्रोता एवं दर्शकले रुचाएकाले गायिका लाक्पा निकै खुसी छन् ।

Comments