नौ वर्ष टेक्दै प्रिशाले ल्याइन् ‘प्रिशा’
screennepal
प्रकाशित: २०७३, ६ श्रावण बिहीबार
no img

काठमाडौं, ६ साउन । प्रतिभा भए उमेरले छेक्दैन भन्ने उदाहरण प्रिशाले श्रेष्ठले दिएकी छन् । भर्खरै नौ वर्षमा टेकेकी प्रिशाले बाल तथा राष्ट्रिय गीतहरुको एल्बम ‘प्रीशा’ ल्याएकी छन् । अमेरिकामा जन्मिएकी यी बाल गायिकाको एल्बमलाई राजधानीमा एक समारोहबीच लोकार्पण गरिएको छ । प्रिशाको एल्बमलाई गीतकार डा.कृष्णहरी बराल, संगीतकार सुरेश अधिकारी, निर्देशक आकाश अधिकारीलगायतले सार्वजनिक गरेका थिए । प्रिशाको जन्मदिनकै अवसरमा ‘प्रिशा’ सार्वजनिक गरिएको हो ।

IMG_1229
विमोचित एल्बममा वसन्त सापकोटा, सुरेश अधिकारी, बिमल पराजुली तथा ज्योती श्रेष्ठद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएको छ । प्रकाश सुवेदी, छाया दत्त न्यौपाने, निरुता खतिवडा तथा इनिमेनिले एल्बमका गीतहरु रचना गरेका छन् । एक वर्षअघि नेपाल आउ“दा नेपाली भाषा समेत बोल्न नजान्ने प्रीशालाई संगीतकार सुरेश अधिकारीले नेपाली भाषासहित नेपाली संगीत समेत सिकँएका हुन् । समारोहमा गायिका श्रेष्ठले एउटा गीत गाएर सुनाएकी थिइन् भने अर्को एउटा गीत ‘जति माया लाग्छ मामुको’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । भिडियोको निर्देशन रमेश बाबु नेपालले गरेका हुन् ।
गायिका श्रेष्ठको जन्म दिनको अवसर पारेर उनकी आमा सिर्जना उप्रेतीले सुनाकोठी, ललितपुरका शारीरिक रुपले अपाङ हरि थापालाई नगद रकम सहयोग गरेकी थिइन् ।

Comments