यैदो पार्कमा देव, राजु र सुष्माको यस्तो रोमान्स (भिडियो)
screennepal
प्रकाशित: २०७३, ६ श्रावण बिहीबार
no img

dev

काठमाडौं, ६ साउन । नेपाली गीतसंगीतमा भविष्य बनाउँन सकिन्छ भन्ने सपना बोकेर अगाडि लम्किरहेका गायक हुन् रविन लिम्बू । यिनै रविनले हालै ‘मायामा धोका हुन्छ भने’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतको भिडियोमा दक्षिण कोरियाको मुटु मानिने हान नदी र प्राकृतिक मनोरमले भरिपूर्ण यैदो पार्कमा छायांकन गरिएको छ ।
महेश खड्काको संगीत र महाराज थापाको संगीत संयोजन रहेको ‘मायामा धोका हुन्छ भने’ गीतलाई यमकुमार राईले लेखेका हुन् । हाङ चेम्जोङको निर्देशन रहेको यस भिडियोमा संचारकर्मी तथा मोडल देव लिम्बूसँगै राजु निमा लामा र सुष्मा राईले अभिनय गरेका छन् । देवकै छायांकन रहेको यस भिडियोलाई संगम पोख्रेलले सम्पादन गरेका हुन । देवले यसअघि दीपक लिम्बुको एक गीतमा मोडलिङ गरिसकेका छन् । उनले मोडलिङ आफ्नो रुचि सँगै भविश्य समेत देखेको बताए ।

Comments