यसपाली तिजमा ‘बबाल नाँच्ने’ मेनुका (भिडियो)
screennepal
प्रकाशित: २०७३, ६ श्रावण बिहीबार
no img

काठमाडौं, ६ साउन । ‘माया आरिसे’ गायिका मेनुका राई यसपालीको तिजमा बबाल नाच्ँने भएकी छन् । हुन त मेनुका यतिखेर नयाँ एल्बमको तयारी गरिरहेकी छन् । तर, जताततै तिजको लहर छाउन थोलेको बेला यी गायिकाले पनि नाच्ने मनशाय बनाएकी हुन् । आफू पनि नाच्ने र अरुलाई पनि नचाउँने मनशायले मेनुकाले ‘बबाल नाचिन्छ’ बोलको तिज गीत गाएकी छन् । जुन गीत यु–ट्युबमा सार्वजनिक गरिएको छ ।
तिजलाई लक्षित गर्दै गीत सर्वाजनिक गरेपछि मेनुकाले भनिन्, ‘दाजु यसपटक मैले पनि तिज गीत गाएँ नि ।’ विषेशगरी आधुनिक गीतमा जम्दै आएकी मेनुकाले तिज गीत पनि गजबकै गाएकी छ । यो गीत सुनेपछि जसरी भिडियोमा विजयजंग थापा र रिना थापा कम्मर लच्काउँदै नाचेका छन्, त्यसरी नै अरु पनि नाच्नेछन् । मगर्स क्रियसनको प्रस्तुतिमा मेनुकाले यो गीत तयार गरेकी हुन् । मेनुकालाई ऋषि खड्काले स्वरमा साथ दिएका छन् । ऋषि खड्काकै लय रहेको यस गीतलाई एलिना खड्काले लेखेकी हुन् । यस भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

Comments