पाउ ढोग्दै रश्मीसँग यसरी नाचे नरेश (भिडियो)
screennepal
प्रकाशित: २०७३, ५ श्रावण बुधबार
no img

काठमाडौं, ५ साउन । महिलारुको महान चाड तीज नजिकिँदै छ । हरेक वर्षझै यसवर्ष पनि लोकदोहोरी गायिका–गायक तीज गीत निकाल्नमा व्यस्त छन् । मोडलहरुलाई नाच्न भ्याईनभ्याई छ । यही माहोलबिच गायक गोपाल नेपाल जिएम र गायिका विष्णु खत्री क्षेत्रीले ‘दिदीको पाउ ढोग गरम’ बोलको तीज गीत सार्वजनिक गरेका छन् ।
गीतले दिदीबहिनी र भाईविचको प्रेम दर्शाउछ । गीतको बोलले भन्छ,ः
आफ्नै दिदीबहिनीसँग नाच्नलाई के सरम
नाच्दानाच्दै पाउ लाग्यो कि
लेउ दिदी ढोग गरम’
गीतलाई कृष्ण रानाले लेखेका हुन् । संगीत गोपाल स्वयम्ले भरेका छन् । लोकदोहोरीकी व्यस्त मोडल रश्मी तामाङले भिडियोमा अभिनय गरेकी छिन् ।
‘ओए लभ्ली’ र ‘सनसनी’ बोलको गीतबाट प्रशंसा बटुलेका थारु मोडल नरेश जोगी रश्मीको भाईका रुपमा भिडियोमा नाचेका छन् । टिंकल पनि भिडियोमा फिचरिङ छन् । भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । क्रिष्टियानो म्युजिक प्रालिले गीतलाई बजारमा ल्याएको हो ।

Comments