मायाको शहरमा बाबुको थोरै थारै… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ५ श्रावण बुधबार
no img

काठमाडौं । गायक बाबु बोगटीको नयाँ गीतको भिडियो सार्यजनिक भएको छ । ‘थोरै थोरै’ बोलको यस गीतको भिडियो इटलीको भेनिश शहरमा छायांकन गरिएको हो, जुन युरोपकै चर्चित शहरमध्ये पर्छ ।
मायाको शहर तथा पानीमाथिको शहरको नामले चर्चित भेनिशमा छायांकन गरिएको यस भिडियोमा बेल्जीयम निवासी शान्ती भट्ट, ज्योति भट्ट र फजिल खानको अभिनय छ ।

babu
यस भिडियोलाई भेनिशलगायत फेसन सिटीको नामले परिचित मिलान र बेल्जियमको ब्ल्याङकेनवर्गमा समेत छायांकन गरिएको छ । जिएम प्रधानको शब्द तथा मोहित मुनालको संगीत संयोजनमा सजिएको यस गीतको निर्देशन तथा छायांकन तथा सम्पादन उज्वल केसीले गरेका छन् ।
पछिल्लो समय नेपाली गीत बिदेशमा छायांकन गरिने चलन बढिरहेको छ । तर, अन्य गीतको भिडियोभन्दा यो फरक र नयाँ प्रविधिमा निर्माण गरिएको निर्देशक केसीले बताए । तुलसी ईन्टरटेन्मेण्टद्धारा निर्माण गरिएको भिडियोमा शान्ती भट्ट, ज्योति भट्ट तथा फजिल खानले उत्कृष्ट अभिनय गरृबम छन् । बाबु बोगटीको पाँचौ एल्बम ‘रेस्पेक्ट’मा समावशे गीत हो यो ।

Comments