तुलसीको आधा माया, अपेक्षा पुरैको ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ४ श्रावण मंगलवार
no img

काठमाडौं, ४ साउन । चर्चित लोकगायक तुलसी पराजुली दर्शक तथा श्रोताका लागि आधा माया लिएर आएका छन् । तर, उनले दर्शकबाट भने पूरै मायाको अपेक्षा गरेका छन् । आफ्नो नयाँ गीत ‘आधा माया’ को भिडियो रिलिज गर्दै गायक पराजुलीले भने, ‘गीतको बोलको आधा माया छ । तर, मैले यस गीत तथा भिडियोबाट दर्शक एवं श्रोताको पुरै माया पाउँने अपेक्षा गरेको छु ।’ पराजुलीसँगै गायिका मेलिना राईको स्वर रहेको ‘आधा माया’ बोल गीतको भिडियोलाई सोमबार राजधानीमा एक समारोहबीच यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो ।

tulsi
भिडियो सार्वजनिक कार्यक्रममा नेपाल संगीतकार संघका अध्यक्ष तथा संगीतकार लक्ष्मण शेष, प्रस्तोता समाजका अध्यक्ष एवं गायक हेमन्त शर्मा, संगीतकार महेश खड्का, सुरेश अधिकारी, बसन्त सापकोटालगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले भने, ‘तुलसी पराजुलीले आफ्नै यु–ट्युब च्यानल खोलेर राम्रो गर्नुुभयो ।’ उनले अरु कलाकारलाई पनि आफैले यु–ट्युब एकाउन्ट खोल्न सल्लाह दिँदैं भने, ‘हामी स्रष्टाका सम्पतिले अरु धनी भइरहेका छन् । त्यसैले अब हामीले आफैले यु–ट्युब एकाउन्ट खोलेर आफ्नो सिर्जना आफैं राखौं ।’
गायक पराजुलीकै यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको यस भिडियोलाई कमल खालिङले निर्देशन गरेका हुन् । पुर्वेली लोकआधुनिक शैलीको यस गीतको भिडियोमा एनएच राई र पुर्णिमा लामाले अभिनय गरेका छन् । पूर्वको पर्यटकिय जिल्ला इलाम र कोशी टप्पूमा छायांकन गरिएको ‘आधा माया’ भिडियो निकै उत्कृष्ट बनेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

https://www.youtube.com/watch?v=2NpMn4bW6xs

Comments