वाइबाको तिजलाई ‘टेस्टी टेस्टी दर चाहियो’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, ४ श्रावण मंगलवार
no img

काठमाडौं, ४ साउन । नेपाली महिलाको विषेश पर्व तिज आउन अझै डेढ महिना बढी छ । तर, बजारमा भने तिज लक्षित गीतहरु धमाधम आउन थालेका छन् । यस्तै, मोडल तथा गायिका हिरामाया वाइवाको पनि यसपालिको तिज लक्षित गरेर  ‘टेस्टी टेस्टी दर चाहियो’ एल्बम ल्याएका छन् ।
यसअघि ‘हेर न गाँउ सहर लौ आइसक्यो खुशीको लहर, आगानैभरी सयपत्री फुल (सेलो), पल्कियो केटो पल्कियो जस्ता आधा दर्जनभन्दा बढी गीति एल्बममा स्वर तथा मोडल गरिसकेकी वाइवाले भनिन्, ‘यो गीत नेपाली दिदीबहिनीका लागि हो ।’ ०६७ सालदेखि नेपाली गीति क्षेत्रमा सक्रिय वाइवा बच्चादेखि गीत गाउने सोख रहेको बताइन् । उनी भन्छिन्, ‘मलाई पैसा कमाउनुभन्दा पनि इज्जत कमाउन यो क्षेत्रलाई उपयोग गरिरहेको छु । पक्कै सफल हुन्छु भन्ने विश्वास छ ।’

Comments