काठमाडौं, ३ साउन । गीतकार शंकर ‘देव’ क“डेलले रचनामा आधुनिक गीति एल्बम ‘सान्नानी’ लोकार्पण गरिएको छ । संगीतकार आलोकश्रीले नौवटा गीत रहेको उक्त एल्बम विमोचन गरेका थिए । एल्बम विमोचन गर्दै संगीतकार आलोकश्रीले एल्बममा समावेश गीतहरु सुमधुर तथा मुडमा ल्याउन भएकाले ती गीतहरु लोकप्रिय हुने सम्भावना रहेको बताए । उनले भने, ‘मुडमा ल्याउने खालका छन्, पक्कै लोकप्रिय हुनेछन् ।’
एल्बममा ‘सान्नानी सुनन’, ‘जति नजिक हुन्छु म’, ‘सम्झेर फेरी’ लगाउतका गीतहरुमा वसन्त सापकोटा, अनुप रेग्मी, चिरञ्जीवी भण्डारी तथा हितान शुक्रको संगीत सुन्न सकिन्छ । एल्बमका गीतमा शिव परियार, मनोजराज, मिलन अमात्य, चिरञ्जीवी भण्डारी, मनिषा पोखरेल, एञ्जिला रेग्मी आदिका स्वर सुन्न सकिन्छ । समारोहमा गायक चिरञ्जिवी भण्डरीको स्वरका दुई गीतहरु ‘सान्नानी…’ तथा ‘म भन्छु यो गर’ तथा मिलन अमात्यको स्वरको ‘जति नजिक..’ गीतका म्युजिक भिडियोहरु प्रिमियर गरिएको थियो । सान्नानी…तथा जति नजिक…गीतको भिडियोको निर्देश्ँन अर्जुन अधिकारीले गरेका हुन् भने ‘म भन्छु यो गर’ गीतको म्युजिक भिडियोका निर्देश्ँक युवराज वाइवा हुन् ।
एल्बमको शीर्षक गीत सान्नानीको भिडियो यस्तो छ :
https://www.youtube.com/watch?v=EQAkc0JUqM4&feature=youtu.be