ललिताका लागि गुञ्जिए चर्चित स्वरहरु (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २ श्रावण आईतवार
no img

d

काठमाडौं, साउन २ । कलाकारले दर्शक /श्रोतालाई मनोरञ्जनमात्र प्रदान गर्दैनन्, उनीहरु देश र समाजप्रति पनि उत्तिकै उत्तरदायिक छन् भन्ने शुक्रबार जमलस्थित राष्ट्रिय नाचघरमा झल्कियो, जहाँ चर्चित गायक राजेशपायल राईदेखि गायिका कुन्ति मोक्तानसम्म एउटै स्टेजमा थिए । उनीहरु लामो समययता मृगौलापीडित ललिता सुब्बा चाम्लिङको उपचार सहयोगार्थ यसरी एउटै स्टेजमा जुटेका हुन् ।

e
गीतसंगीत पस्केर ललिताका लागि आर्थिक सहयोग जुटाउन त अग्रसर देखिए नै, उनीहरुले नगदै पनि सहयोग गर्न अगाडि सरे । राजेशपायलले ललिताको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग प्रदान गरे । झापा डाँगीबारीकी ४४ बर्षीया ललिता लामो समयदेखि मृगौला रोगबाट ग्रसित छिन् ।

b
यसरी ललिताको उपचारका लागि कलाकारलाई एउटै मञ्चमा जम्मा गर्ने काम भने हिल्टोन म्युजिक सेन्टरका गायक रुपकुमार राई र हास्य कलाकार गणेश इसाराले गरेका हुन् ।

f
मृगौलापीडित ललिताको उपचारकै क्रममा उनको सम्पूर्ण जायजेथा सकिएकाले उपचारमा कठनाई भएको छ । त्यसैले उनको उपचारमा आर्थिक संकलन गर्न हिल्टन म्युजिक र हास्य कलाकार इशारा अग्रसर भएका हुन् । उक्त मानवीय कार्यक्रमको संयोजत्व पनि इसाराले नै गरेका थिए । कार्यक्रममा राजेशपायल, कुन्ती मोक्तान, रामकृष्ण ढकाल, रुपकुमार राई, मेनुका राई, गणेश इशारा, डिजराज पौडेल, प्रविन राई, मनु नेम्बाङ, गीता पौडेल, साहस राईलगायत डेढ दर्जन कलाकारले गीतसंगीत प्रस्तुत गरेका थिए ।

a
कवि तथा गीतकार भुपाल राईको आतिथ्यमा आयोजित कार्यक्रममा नाचघरको पेक्षालय दर्शकले भरिएका थियो । ललिताप्रति सहानुभूति नजाउँदे दर्शक टिकट काटेर कार्यक्रम हेर्न नाचघर पुगेका थिए । कार्यक्रमबाट संकलित रकम ५ लाख २ हजार रुपैयाँ कार्यक्रमै ललिता प्रदान गरिएको थियो ।

Comments