गजल ए मेहफिलमा प्रस्तुत हुँदै आनन्द
screennepal
प्रकाशित: २०७३, २ श्रावण आईतवार
no img

ananda

ललितपुर, २ साउन । रोटरी क्लब अफ जावलाखेलले महिला सशक्तिकरणका लागि कोष अभिवृद्धिको उद्देश्यसहित ८ गते शनिबार सांगीतिक कार्यक्रम गर्ने भएको छ । गजल ए मेहफिल नाम दिएको उक्त कार्यक्रममा नेपाली गजल गायनका ख्यातिप्राप्त गायक आनन्द कार्कीले नयाँ तथा पुराना गजल प्रस्तुत गर्ने भएका छन् । उनले कार्यक्रम दर्जनभन्दा बढी नेपाली, हिन्दी तथा उर्दु गजल प्रस्तुत गर्नेछन् । नेपालमा हुने धेरै जसो सांगीतिक कार्यक्रममा गजल विधालाई मात्र समेटिदैन । तर, आनन्द कार्कीले भने सो कार्यक्रममा गजलमात्र प्रस्तुत गर्नेछन् ।
पछिल्लो समयमा गायक कार्की गायनसँगै रोटरी क्लबमा पनि सक्रिय छन् । होटल हिमालय कुपन्डोलमा हुने कार्यक्रमबाट संकलन भएको रकम समाजसेवामा खर्च गर्ने आयोजकले जनाएको छ ।

Comments