बविता फोम्बोको -याम्प कोरियोग्राफी तथा राजकुमार आङ्देम्बेको पहिरन संयोजनमा आयोजित यस फेसन शोमा उपासना नेम्बा, निशा पोमु, रुपा आङबुहाङ, मञ्जु थेबे, सकुन केरुङ, लक्ष्मी योङहाङ, प्रदीप योङहाङ, बुद्धिसागर लिम्बु, राजकुमार आङ्देम्बेलगायत एक दर्जन कलाकारले ¥याम्पमा आफ्नो कला प्रस्तुत गरेका थिए । ‘लिम्बु जातिको भेषभूषा खोज अनुसन्धान तथा प्रदर्शन’ नाम दिइएको उक्र ‘फेसन शो’ मा मुजिना खेयोङ्नादेखि वर्तमान अवस्थामा चलेको लिम्बू समुदायको पहिरन मिख्ली, तागाबालगायतको सिक्वेन्समा कलाकारहरु प्रस्तुत भएका थिए ।
-एमपी सुब्बा
तस्बिरहरु : सुक तुम्रोक
ललितपुर, २ साउन । साउने संक्रान्तिका दिन अर्थात् शनिबार ललितपुरको शोभाहिटीस्थित किरात याक्थुङ चुम्लुङहिमको प्रेक्षालयमा निर्मित मञ्चमा करिब दर्जन लिम्बू कलाकार तथा मोडलहरु विभिन्न पहिरनमा देखिए । लिम्बू समुदायका चर्चित मोडल तथा कलाकारहरु यसरी एउटै मञ्चमा देखिनुको संयोग थियो, ‘लिम्बू समुदायको भेषभूषा तथा पवद्र्धन’ । कार्यक्रम ‘फेसन शो’को थियो तर, यहाँ सधै भइरहने ‘फेसन शो’भन्दा फरक, जहाँ स्टेजको साजसज्जासमेत भिन्न थियो ।
पूर्वी पहाडी क्षेत्रको लिम्बू समुदायकै घरआँगन झल्किने स्टेजको ब्याकराउण्ड र सृष्टिकालको पहिरनमा कलाकारहरु -याम्पमा निस्किँदा हल तालीले गुञ्जिएको थियो । हो, जहाँ कलाकारहरुले लिम्बू समुदायकै सृष्टिकालदेखि वर्तमानसम्मका विभिन्न पहिरन प्रस्तुत गरेका थिए । यसको संयोग जुराएको थियो, याक्थुङ मुनचइत चोःक सयङले । मुनचइतले आफ्नो तेस्रो अधिवेसन तथा सिसेक्पा तङ्नामको अवसरमा यो ऐतिहासिक ‘फेसन शो’ गरेको हो ।
बविता फोम्बोको -याम्प कोरियोग्राफी तथा राजकुमार आङ्देम्बेको पहिरन संयोजनमा आयोजित यस फेसन शोमा उपासना नेम्बा, निशा पोमु, रुपा आङबुहाङ, मञ्जु थेबे, सकुन केरुङ, लक्ष्मी योङहाङ, प्रदीप योङहाङ, बुद्धिसागर लिम्बु, राजकुमार आङ्देम्बेलगायत एक दर्जन कलाकारले ¥याम्पमा आफ्नो कला प्रस्तुत गरेका थिए । ‘लिम्बु जातिको भेषभूषा खोज अनुसन्धान तथा प्रदर्शन’ नाम दिइएको उक्र ‘फेसन शो’ मा मुजिना खेयोङ्नादेखि वर्तमान अवस्थामा चलेको लिम्बू समुदायको पहिरन मिख्ली, तागाबालगायतको सिक्वेन्समा कलाकारहरु प्रस्तुत भएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा सिसेक्मा तङ्नाम र त्यसपछि मुनचइतको तेस्रो अधिवेशनको प्रारम्भ गरिएको थियो ।
मुनचइत चोःककी उपाध्क्ष कलाकार चर्चित रंगकर्मी सिर्जना सुब्बाको स्वागत मन्तव्यपछि सुरु भएको कार्यक्रममा याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष उत्तम थाङ्देन, चलचित्र निर्देशक नविन सुब्बालगायत विभिन्न कलाकार तथा निर्माता÷निर्देशकको उपस्थिति थियो ।
कार्यक्रममा निर्देशक नविन सुब्बा लिम्बु भाषामा बन्ने गरेका चलचित्रबारे प्रश्न उठाएका थिए । उनले अहिलेसम्म बनेका लिम्बू चलचित्रहरु ‘लिम्बू चलचित्र नै नभएको’ बताए । ‘२७ जना लिम्बू चलचित्रका निर्देशक भएर पनि अहिलेसम्म लिम्बू चलचित्र बन्न सकेको छैन’ उनले भने, ‘अहिले बन्दै आएका सबे चलचित्रहरु पूर्वीय भारतीय द्वीपका अनुशरण हुन् ।’
कार्यक्रममा विभिन्न गायक÷गायिकाले गीतसंगीत पस्केर उपस्थित दर्शक तथा पाहुनालाई मनोरञ्जन प्रदान गरेका थिए । मुनचइतको यस अधिवेशनले वर्तमान नयाँ कार्यसमित चयन गर्नेछ । कार्यक्रमका वर्तमान मनुचइतका अध्यक्ष तथा निर्देशक सुर्यप्रसाद चेम्जोङको संयोजत्वमा भएको हो ।