म्युजिक खबर म्युजिक अवार्ड : ‘प्रेम गीत’को ह्याट्रिक
screennepal
प्रकाशित: २०७३, ३१ असार शुक्रबार
no img

काठमाडौं, ३१ असार । पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड–२०७५ मा मनोजराज शिवाकोटी ‘बलवान हुन्थें’ र काव्य आचार्यले ‘निचोरेर मुटु दिएँ‘ गीत गीतबाट सर्वोत्कृष्ट गायक÷गायिकाको अवार्ड जितेका छन् । बिहीबार राजधानीमा सम्पन्न अवार्डमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘म्यूजिक खबर दीर्घ साधना सम्मान–२०७३’ द्वारा सम्मान गरिएको थियो । राष्ट्रकवि घिमिरेलाई २५ हजार ५ सय ५५ राशिसहित सम्मान गरिएको हो ।

85e4bee5-49dd-4071-9941-1dac144c1db7
कार्यक्रममा गीतकार नृपध्वज खड्काको पल्लवी सर्वोत्कृष्ट ठहरिएको छ भने सर्वोत्कृष्ट गीतकार ‘जे गर्दा नि’ बोलबाट लोकराज अधिकारीले अवार्ड पाए । त्यस्तै महेश खड्काले ‘ऐना हेरेरै’ गीतबाट सर्वोत्कृष्ट संगीतकारको अवार्ड हासिल गरेका छन् । लोकदोहोरीतर्फ सर्वोत्कृष्ट गायक गणेश गुरुङ ‘सल्ला धुपैले’ र गायिका शर्मिला गुरुङले ‘हैन अरुको’ गीतबाट सर्वोत्कृष्ट गायक गायिका घोषित भए भने सर्वोत्कृष्ट शब्द लोकदोहोरीको अवार्ड रमेश बी.जीले पाएका छन् । उनले ‘हैन अरुको’ गीतबाट अवार्ड पाएका हुन् । भाकाको अवार्ड भने राजन ठकुरीको ‘बाटो मोड्ने छैन’ र लोकगीततर्फ विरही कार्कीको अवार्ड पाए । विरहीले एक्लै छु आमाको गीतबाट अवार्ड पाएका हुन् ।्
कार्यक्रममा चलचित्र ‘प्रेम गीत’ ह्याट्रिक गरेको छ । यस चलचित्रबाट सर्वोत्कृष्ट पाश्र्व गायक स्वरुपराज आचार्य, पाश्र्व गायिका अन्जु पन्त र स्वरुपराज आचार्यले नै चलचित्र ‘प्रेमगीत’ को ‘म त अलपत्र‘ बोलको गीतबाट अवार्ड चुमेका छन् भने ‘म यस्तो गीत गाउँछु‘ गीतबाट अन्जु पन्त सर्वोत्कृष्ट पाश्र्व गायिका बन्न सफल भएकी हुन् । त्यस्तै प्रेम गीतबाट नै अर्जुन पोखरेलले सर्वोत्कृष्ट संगीतकारको अवार्ड चुमे ।

DSC_0800
कार्यक्रममा सर्वोत्कृष्ट पप गायनतर्फ गायिका दुर्गा खरेलले काले काले बोलको गीतबाट अवार्ड चुमिन् भने राजेश हमालले कट्दैन चिसो रात बोलको गीतबाट अवार्ड चुमे । सर्वोत्कृष्ट पप संगीतकारतर्फ भने कल्याण सिंह तिमीलाई हेर्ने‘ बोलको गीतबाट अवार्ड चुम्न सफल भए ।
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी कफिल लामा, सर्वोत्कृष्ट मोडल लोकदोहोरी महेन्द्र गौत र रश्मी तामाङ बन्न सफल भए भने सर्वोत्कृष्ट लोकदोहोरी नव गायिका मिरा गिरी र सर्वोत्कृष्ट नव गायक लोकदोहोरी मोहन खड्का बन्न सफल भए । सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत सुरज श्रेष्ठ पृथ्वी पारी बोलको गीतबाट सर्वोत्कृष्ट बन्न सफल भए भने सनम कठायत र सुप्रिया कटवालले सर्वोत्कृष्ट मोडल सुगम संगीतको अवार्ड चुम्न सफल भए । सर्वोत्कृष्ट छायाँकार हरि हुमागाइँ (कोपिलामा सुन हुन्छ‘) र सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार (त्यो छुट्ने दिन) ले अवार्ड चुम्न सफल भए ।
अवार्डमा सर्वोत्कृष्ट गजल आजभोली बोलजबाट माधव निर्दोषले चुम्न सफल भ एभने युगल गायनमा दुर्गा परियार र दिपक लिम्बूले जिन्दगीको छहारीमा बोलको गीतबाट अवार्ड चुम्न सफल भए । सर्वोत्कृष्ट ध्वनि मुद्रणको अवार्ड बरु मै मरुँला बोलको गीतबाट किशोर थापाले अवार्ड चुम्न सफल भए भने कोपिलामा सुन हुन्छ बोलको गीतबाट विष्णु अधिकारीले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड चुम्न सफल भए ।

त्यस्तै, सर्वोत्कृष्ट नवगायक सुगम संगीततर्फ परशुराम रिजालले अवार्ड चुमे भने सर्वोत्कृष्ट नवगायिका सुगम संगीततर्फ विजु पण्डितले अवार्ड चुमिन् । त्यस्तै वर्षको पपुलर सिङ्गर अफ दी इयरबाट प्रमोद खरेल ओइ झुमा बोलको गीतबाट अवार्ड चुम्न सफल भए भने पपुलर मोडल अफ दि इयर रञ्जिता गुरुङ बन्न सफल भइन् । इन्करेजमेन्ट अवार्डबाट रामकुमार गुरुङले अवार्ड चुमे भने पब्लिक च्वाइस अवार्ड रविन्द्र राईको त्यो छुट्ने दिनले प्राप्त ग-यो ।
अवार्ड कार्यक्रममा यस वर्षको म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार पत्रकार रमण घिमिरेलाई प्रदान गरियो । घिमिरेलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशिसहतिको पुरस्कार दिइएको हो । त्यस्तै म्यूजिक खबर सिङ्गर अफ दि डिकेडबाट तिलक बममल्ललाई सम्मान गरियो भने म्यूजिक खबर डायस्पोरा संगीत सम्मानबाट गायिका कल्पना गुरुङ र कलाकार चन्द्रकुमार राईलाई सम्मानित गरियो । त्यसैगरी म्यूजिक खबर बाल प्रोत्साहन सम्मानबाट दैलेखका गायक डेकेन्द्र थापालाई सम्मान गरियो ।

Comments