काठमाडौं, ३१ असार । गायिका रेश्मा सुनुवारले ‘मै ठूली भइछु रे’ बोलको गीत गाएको निकै लामो समयपछि बिवाह गरेकी छन् । यसैले लाग्छ, उनी बल्ल पो ठूली भइछन् । तर होइन, यो त उनको दोस्रो बिवाह हो ।
रेश्माले बिहीबार जर्मनी निवासी लब्साङ तेन्दरसँग विवाह गरेकी हुन् । रेश्मा र लब्साङले बिहीबारै पुतलीसडकस्थित एक पार्टी प्यालेसमा भव्य विवाह भोज दिएका छन् । सो विवाह भोजमा रेश्माका निकट तथा गायन क्षेत्रका व्यक्तित्वहरुलाई निम्तो दिइएको थियो ।
पहिलो पतिसँग डिभार्स गरेर लामो समय सिंगल बसेकी रेश्माको एक छोरा छन्, जो संगीत ने पढिरहेका छन् । केहि समय पहिलेदेखि नै रेश्माले आफू फेरी विवाह गर्ने सोचमा पुगेको बताउँदै आएकी थिइन् ।अहिले आएर त्यो आफ्नो सोचलाई पुरा गरेकी छन् । नेपाली सांगीतिक क्षेत्रमा रेश्माको छुट्टै पहिचान छ । गीतसंगीतमार्फत देश–विदेश घुमिसकेकी रेश्माको यो दोस्रो दाम्पत्य जीवन सधैं सुखमय तथा सफल रहोस् स्क्रीन नेपालको शुभकामना ।