काठमाडौं, २७ असार । टिनएजर्स युवाबीच सौन्दर्य प्रतियोगिता ‘मिष्टर टिन नेपाल–२०१६’ हुने भएको छ । आयोजक रन–वे नेपालले विज्ञाप्तीमार्फत ‘मिष्टर टिन नेपाल’ का लागि आवेदन खुल्ला गरिएको जनाएको छ । यसै बर्षबाट सुरु भएको यस प्रतियोगितामा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका टिनएजर्स युवालाई सहभागिता गराइने जनाइएको छ ।
देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनोट भएका उत्कृष्ट ५० प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा उतारिने जनाइएको छ । प्रशिक्षणका क्रममा प्रतियोगीलाई ब्यक्तित्व बिकाश, रन वे मोडलिङ, सेल्फ ड्रेसअप, फोटोसुट, सेलिब्रेटी गेष्ट क्लास, पब्लिक स्पिकिङलगायतका बिषयमा प्रशिक्षकद्धारा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ देखि २० बर्ष उमेर र कम्तिमा ५ फिट उचाइकाले सहभागी हुन पाउनेछन् । प्रतियोगिताको फाइनल भदौ दोस्रो साता हुने जनाइएको छ ।