गायक गुरुङलाई ‘युवा प्रतिभा सम्मान’
screennepal
प्रकाशित: २०७३, २७ असार सोमबार
no img

काठमाडौं, २७ असार । लोकगायन क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक गणेश गुरुङलाई युवा तथा खेलकूद मन्त्रालयले ‘युवा प्रतिभा सम्मान’ बाट सम्मानित गरेको छ । मन्त्रालयको आयोजनामा आइतबार एक कार्यक्रमबीच गुरुङलगायत विभिन्न विधा र क्षेत्रका ४५ जनालाई युवा प्रतिभा सम्मान प्रदान गरिएको थियो ।

ganesh gurung (1)
मन्त्रालयले १६ देखि ४० वर्षसम्मका युवालाई कामको मूल्यांकन गर्दै सम्मान प्रदान गरेको हो । गीतसंगीत, कला साहित्य, उत्पादन, निर्माण, विज्ञान तथा प्रविधि, सामाजिक एवं सांस्कृति क्षेत्रमा क्रियाशील रही मुलुकलाई योगदान दिएका युवाहरुलाई मन्त्रालयले प्रतिभा सम्मानद्वारा सम्मानित गरेको हो । पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक गणेश गुरुङलाई युवा तथा खेलकूद मन्त्री सत्यनारायण मण्डलको हातबाट सम्मान गरिएको हो । गायक गुरुङ ४५ जनामध्ये गीतसंगीतको क्षेत्रबाट सम्मानको लिस्टमा छानिएका व्यक्ति हुन् ।
कार्यक्रममा गायक गुरुङले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा सबैलाई नेपाली पोशाक अनिवार्य गरिएको भए पनि गायक गुरुङ भने आफ्नै जातिको पोशाकमा सम्मान लिन पुगेका थिए । सम्मान पाएपछि गुरुङले म्यूजिक खबरसँग भने – ‘सरकारको तबरबाट मलाई गरिएको यो सम्मानले मलाई गीतसंगीतको क्षेत्रमा थप जिम्मेवारी र चुनौति थपिएको महसुस गरेको छु ।’

Comments