‘मिस लिम्बु इन्टरनेशनल’मा धमाधम आवेदन लिइँदै
screennepal
प्रकाशित: २०७३, २५ असार शनिबार
no img

काठमाडौं, २५ असार । ‘मिस लिम्बु इन्टरनेशनल’ को चौथो संस्करण असोज पहिलो साता राजधानीमा हुने भएको छ, जसका लागि आयोजकले आवेदन खुला गरेको छ । याक्थुङ युथ एशोसिएशनद्वारा आयोजित ‘मिस लिम्बु इन्टरनेशनल–२०१६’ का लागि राजधानीका अलावा धरान र झापाको दमकमा पनि अडिसन हुने भएको छ ।

bishnu

file photo

लिम्बू समुदायका युवतीहरुमा लुकेको प्रतिभा तथा कला संस्कृतिको प्रवद्र्धन गर्ने हेतुले सुरु गरिएको ‘मिस लिम्बू इन्टरनेशनल–२०१६’ का लागि धरान र दमकमा क्रमशः साउन २२ र २५ मा अडिसन हुने कार्यक्रम संयोजक दीपा लक्सम लिम्बुले बताइन् । अर्को संयोजक युगल पोमुका अनुसार राजधानीमा साउन ३१ गते अडिसन हुने भएको छ । कार्यक्रम संयोजक दीपाका अनुसार विश्वका कुनै पनि कुनामा बस्ने लिम्बु समुदायकका अविवाहित युवतीले प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो नजिक पर्ने स्थानमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । त्यसका लागि धरान, इटहरी, दमक र राजधानीमा सम्पर्क व्यक्ति राखिएको छ । प्रतियोगिताको धरान संयोजक तथा याक्थुङ युथ एशोसिएशनकी उपाध्यक्ष मीना सिंघकका अनुसार आवेदन दिनेहरु उत्साहजनक आइरहेका छन् ।
‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित आयोजित ‘मिस लिम्बु इन्टरनेशनल’ मा १६ देखि २५ वर्ष उमेरका अविवाहित लिम्बू समुदायका युवतीले सहभागी जनाउन सक्नेछन् । अडिशनबाट छनोट भएका प्रतियोगीलाई चर्चित कोरियोग्राफरले राजधानीमा करिब एक महिना आत्मविकास तथा कला, संस्कृति र रहन सहनबारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
यस वर्ष प्रतियोगितालाई भव्य र सभ्य बनाइने आयोजक याक्थुङ युथ एशोसिएशनले जनाएको छ, जसअनुसार पुरस्कार राशी समेत बढाइएको छ । आयोजकका अनुसार  ‘मिस लिम्बु इन्टरनेशनल’ को शीर्ष विजेताले ताजसहित नगद ५० र एक लाख बराबरको गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै, फस्ट रनरअप ताजसहित नगद २५ हजार र ५० हजार बराबरको गिफ्ट ह्याम्पर पाउनेछन्  भने सेकेण्ड रनरअपले पनि १५ हजार नगदसहित विभिन्न ३० हजार बराबरको गिफ्ट ह्याम्पर पाउने जनाइएको छ । सधैका वर्षमा झैं प्रतियोगिताको शीर्ष प्रायोजन बराह जैलर्सले नै गर्दैछ । यसपटक प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने बताइएको छ ।

Comments