सोनामलाई विवाहित ‘मंगोलियन सुन्दरी’को ताज
screennepal
प्रकाशित: २०७३, २५ असार शनिबार
no img

काठमाडौं । सोनाम राईले ‘मिसेस मंगोल नेपाल–२०१६’ को ताज पहिरिएकी छन । आफ्ना १४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी यस वर्षकी मिसेस मंगाल सुन्दरी बनेकी हुन् । सोनमलाई ताजसहित ३५ हजार र विभिन्न गिफ्टह्याम्पर प्रदान गरिएको थियो ।

sonam
राजधानीमा बिहीबार आयोजित विवाहित मंगोलियन महिलाबीच प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि मनिका राईले पाएकी छन् । त्यस्तै, सेकेन्ड रनरअप जेनिफर बज्राचार्य, थर्ड रनरअप प्रतिमा राई बान्तावा र फोर्थ रनरअप निमा योञ्जी शेर्पा भए । उनीहरुलाई पनि ताजसँगै विभिन्न गिफ्टह्याम्पर प्रदान गरिएको थियो ।

sonam 1
एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको यस प्रतियोगितामा बेस्ट ट्यालेन्ट निमा योञ्जी शेपा, बेस्ट फोटोजेनिक प्रतिमा राई, बेस्ट पर्सानालिटी लक्ष्मी घिसिङ लिम्बु, बेस्ट क्याटवाल्क प्रतिमा वान्तावा राई, बेस्ट डिसिप्लेन कमला लामा, बेस्ट स्किन योगिता सम्वाहाम्फे लिम्बु, बेस्ट हेयर किरण थापा मगर र मोस्ट एक्टिभ मेनुका गुरुङ भए । त्यस्तै, मोस्ट स्टाइलिस प्रतिमा बान्तावा राई, मोस्ट बब्लि पुजा महर्जन, मोस्ट स्मार्ट निर्माया लामा, मोस्ट चार्मिङ जेनिफर बर्जाचार्य, मोस्ट कन्फिडेन्ट सोनिया लामा, मोस्ट इनोसेन्ट रिता गुरुङ, मोस्ट इन्टेलिजेन्ट मोनिका राई, मोस्ट पपुलर योगिता सम्वाहाम्फे लिम्बु र बेस्ट ड्रेस मनिका राई भए ।
अन्तिम प्रतिस्पर्धाको निर्णायकमा प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बा, अभिनेत्री पुजना प्रधान, मोडल तथा अभिनेता दिक्पाल कार्की, निर्देशक शोभित वस्नेत र क्पापिटल क्विन नेपालका विजेता लिला राई थिए ।

Comments