‘ओ अमिरा’ भन्दै पुल डान्समा दीपकसँग रमाए
screennepal
प्रकाशित: २०७३, २४ असार शुक्रबार
no img

भक्तपुर । पप गायक दिपक बज्राचार्यले आफ्ना गीतबाट दर्शकलाई नचाएका छन् । बिहिबार दिउँसो भक्तपुरको साँगा स्थित काठमाडौ फन भ्याली स्विमिङ सेन्टरले दिउँसो आयोजना गरेको ‘दिपक बज्राचार्य कन्सर्ट’ मा उनले आफ्ना गीतबाट दर्शकलाई करिब दुई घन्टा पुल डान्स गराए ।

dipak
कार्यक्रममा युवा युवती देखि अग्रज पुस्ता समेत उनको गीत ननाची रहन सकेनन् । सो क्रममा पोखरी भरी रहेका पाँच सय भन्दा बढी दर्शकले आफ्नो दीपकलाई नाचेर साथ दिए ।
सुरुको चर्को घर र त्यसपछिको सिमसिमे पानीमा दर्शकले बज्राचार्यको गीतमा स्विमिङ डास्न गरेर मनोरञ्जन दिए । दिउँसो साँढे एक बजे मञ्चमा उत्रिएका गायक बज्राचार्यले जब फर्केर आउने छैन, म कुनै ऋतु हैन गीत प्रस्तुत गरे । त्यसपछि सुरु भएको  पुल डान्सको माहौल बिस्तारै परिवर्तन हुँदै गयो ।
यसपछि दिपकले सुरु गरे ओ अमिरा…। स्विमिङ पुलमा सुरु भएको लहरसँगै पौडदौ ओ अमिरामा झुम्न दर्शकहरु पछि परेनन् । उनले ओ अमिरा…गीत जब सके । दर्शक दीर्घाबाट वान्स मोर भन्दै सो गीतको माग भयो । फेरी उनले सुरु गरे ओ अमिरा…।

dipak 1
उनले यस पछि प्रस्तुत गरेको काली काली हिस्स परेकी…गीतमा दर्शकहरुको पुल डान्सको उत्साह उस्तै देखियो । दर्शकले आफ्ना गीतमा नृत्यसँगै मनोरञ्जन लिएपछि दीपकले गायनलाई निरन्तरता दिए ।
आफ्नो अगाडी स्विमिङ सुटमा सजिएर पोखरी भित्र नाचेका दर्शक देखेपछि गायक बज्राचार्यले भने,‘जीवनमा धेरै कन्सर्ट गरिसकें, तर यसरी स्विमिङ ड्रेसमा यती धेरै दर्शकलाई आफ्नो गीतबाट मैले नचाएको यो पहिलो अबसर हो । यदी यो माईक्रोफोन पनि वाटर प्रुफ हुँदैहो त म पनि स्विमिङ पुलमा तैरिएर गीत गाउने थिएँ ।’
सो कन्सर्ट अपरान्ह चार बजेसम्म चल्यो । नयाँ पुस्ताका पप गायकद्धय सुजन माईकल श्रेष्ठ र सरोज काजल श्रेष्ठले पनि आफ्ना गीतबाट दर्शकको मन जिते ।
मुस्लिम समुदायको महान चाड इदको अबसरमा दीपक बज्राचार्यको कन्सर्ट आयोजना गरिएको काठमाडौं फन भ्यालीका बरिष्ट निर्देशक गणेश बिक्रम शाहले जानकारी गराए ।
‘स्विमिङ र वाटर गेमहरुसँगै चर्चित कलाकारको गीतसंगीतबाट पनि सेवादिने उदेश्यले इदको अबसरमा दीपक बज्राचार्यको कन्सर्ट आयोजना गरिएको हो ।’ शाहले भने,‘ अब यस्तो कन्सर्टलाई हामी हरेक साता आयोजना गर्ने छौं ।’
कन्सर्टमा दर्शकको अत्याधिक भिड देखेर उत्साहित भएका शाहले अगाडि थपे,‘काठमाडौं फनभ्यालीको फेसबुकमा हरेक साता स्विमिङ प्रेमीहरुहरुले बसै भन्दा बढी माग जुन कलाकारको हुन्छ ।सोही कलाकारको त्यो साताको बिदाको दिन म्युजिक कन्सर्ट गर्ने छौं ।’ त्यसैले आफुलाई मन पर्ने कलाकारको माग काठमाडौं फनभ्यालीको फेसबुकमा गएर गर्न पनि बरिष्ट निर्देशक शाहले अनुरोध गरे । स्वास्थ्य र मनोरञ्जन दुबै हिसाबले पौडी उपयोगी भएको र यसलाई अझ मनोरञ्जन प्रधान तुल्याएका साप्ताहिक कन्सर्ट आयोजना गर्न लागिएको पनि उनले प्रकाश पारे ।

Comments