मृगौलापीडित ललिताको सहयोगार्थ सांगीतिक कार्यक्रम
screennepal
प्रकाशित: २०७३, २३ असार बिहीबार
no img

काठमाडौं, २३ असार । मृगौलाको रोगबाट पीडित ललिता सुब्बा चाम्लिङको सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिल्टोन म्युजिक सेन्टरले यही ३१ असारमा राजधानीस्थित राष्ट्रिय नाचघरमा ललिताको उपचारका लागि सहयोग जुटाउन कार्यक्रम गर्न लागेको हो ।

sanjshshhskaryata11
झापा डाँगीबारीकी ४४ बर्षीया ललिता लामो समयदेखि मृगौला रोगबाट ग्रसित छिन् । उनको उपचार गर्नेक्रममा सम्पूर्ण जायजेथासमेत सकिएकाले उपचारमा कठनाई भएको छ । त्यसैले हिल्टन म्युजिकको पहल तथा हास्य कलाकार गणेश इशाराको संयोजत्वमा सहयोगार्थ च्यारिटी कार्यक्रम गर्न लागिएको हो ।
हिल्टन म्युजिकबाट जारी बिज्ञप्तिमा देश विदेशमा जहाँ रहेपनि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई ललिता सुब्बाको सहयोगार्थ सांगीतिक कार्यक्रमलाई सहयोग गर्न अपिल गरिएको छ ।
यस मानवीय कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरु सहभागी हुने भएका छन् । कार्यक्रम संयोजक इशाराका अनुसार कार्यक्रममा कुन्ती मोक्तान, रामकृष्ण ढकाल, राजेशपायल राई, मेलिना राई, गणेश इशारा, डिजराज पौडेल, प्रविन राई, मनु नेम्बाङ, गीता पौडेल, साहस राईलगायतले गीतसंगीत प्रस्तुत गर्ने भएका छन् ।

Comments