कमलको ‘फुलको डाली’ मा विपना (भिडियो)
screennepal
प्रकाशित: २०७३, २१ असार मंगलवार
no img

काठमाडौं, २१ असार । गायक कमल घलेको ‘कमल’ एल्बममा समावेश एउटा गीतको भिडियो रिलिज गरिएको छ । ताराप्रकाश लिम्बूको संगीत रहेको ‘तिमी फुलको डाली…’ बोलको गीतलाई भिडियोमा सार्वजनिक गरिएको हो । अर्जुन अधिकारीले निर्देशन गरेको यस भिडियोमा बिपना थापा र बिबेग सिंह ठकुरीले अभिनय गरेका छन् । सुशीला पौडेलको शब्दरचना रहेको यस गीतको भिडियोलाई रोमान्टिकशैलीमा तयार पारिएको छ । यस भिडियोलाई रुबुशा क्रियटिभ वर्कस्ले यु–ट्युबमार्फत दर्शक तथा श्रोतामाझ ल्याएको हो ।

Comments