सहिमालाई राष्ट्रियभावले छोएपछि…! (हेर्नुस् भिडियो)
screennepal
प्रकाशित: २०७३, २० असार सोमबार
no img

Untitled

काठमाडौं, असार २० । हिजोआज आफ्नो गीतमा गायिका आफैं नाच्न थालेका छ्न् । ‘गीत सुन्नेभन्दा हेर्ने जमाना’ आएपछि उनीहरुलाई नाच्ने मोहले छोएको हो । यस्तै, पछिल्लो समय गायिका सहिमा श्रेष्ठ पनि एक राष्ट्रिय गीतमा छमछमी कम्मर मर्काउँदै दर्शक तथा श्रोतामाझ आएकी छन् । उनको कम्मर मर्काइ कुनै हिरोइनको भन्दा कम छैन ।

sahima
‘माथि–माथि डाँडा पाखा’ बोलको राष्ट्रियभाव बोकेको यस गीतको भिडियो हेर्नुस् त, सहिमाको यो बाडुली कम्मर मर्काइले कुनै हिरोइनलाई माथ खुवाउँदैन त ? यो सहिमाको आगामी एल्बम ‘स्वर्ग’ मा समावेश गीत हो । यस राष्ट्रिय गीतको भिडियो रिलिज गरेपछि सहिमाले भनिन्, ‘यो मेरो पहिलो राष्ट्रिय गीत हो । जुन दर्शकका लागि पस्केकी छु ।’ तर, मोडलिङ भने यो पहिलो होइन, यसअघि पनि केही आफ्ना गीतमा उनले मोडलिङ गरिसकेकी छन् ।

sahima 1
दीपक शर्माको शब्द÷संगीत रहेको यस गीतको भिडियोेलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन् । यस भिडियोको छायांकन लप्सीफेदी, भोटेचौर र कुलेखानीलगायतका स्थानमा गरिएको हो । ‘स्वर्ग’ सहिमाको चौथो एल्बम हो, जुन चाँडै ल्याउँने उनले बताएकी छन् । एल्बम ‘स्वर्ग’ मा ४ गीत रहने सहिमाको भनाइ छ । साथै, यतिखेर उनी तिज गीतसमेत ल्याउँने तयारीमा छिन् । प्रस्तुत राष्ट्रिय गीतको भिडियोलाई सहिमाले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

https://www.youtube.com/watch?v=q8PsytwVuUE&feature=youtu.be

Comments