अनु भइन् तेस्रो ‘मिसेस नेपाल आईकन’
screennepal
प्रकाशित: २०७३, १९ असार आईतवार
no img

काठमाडौं, १९ असार । पछिल्लो समय दिनैजसो विभिन्न नाममा सौन्दर्य प्रतियोगिता हुँदै आएको छ । यसैक्रममा विवाहित महिलाबिच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल आईकन–२०१६’ को ताज अनु शर्माले पहिरिएकी छन् । अनुले आफ्ना ३४ प्रतिस्पर्धीलाई उछिन्दै तेस्रो संस्करणको ‘मिसेस नेपाल आईकन’ बन्न सफल भएकी हुन् ।

IMG_9610
एएनपी मिडिया हाउस ललितपुरद्धारा शनिबार आयोजित प्रतियोगितामा तृष्णा प्रधानले फस्ट रनर्सअपका साथ बेष्ट पर्सनालिटीको टाइटल पाइन् भने सन्ध्या थापा सेकेन्ड रनर्सअप भए । उनले बेष्ट स्किन र बेष्ट फिट्नेसको समेत टाइटल हात पारिन् । प्रतियोगितामा सरस्वती साहनी थर्ड रनर्सअप र मुना पौडेल फोर्थ रनर्सअप भए ।
प्रतियोगितामा सविया स्वार अमात्य मस्ट पपुलर, पूनम थापा भ्युवर्स च्वाईस र मष्ट इन्टुलेक्चुअल, रेनु बस्नेत ब्युटी वीथ पर्पस, जिस्वाँन तुलाधर सोसल्ली रेस्पोन्सिवल, जानकी प्रजापति (श्रेष्ठ) मिसेस ट्यालेन्ट, रेणुका बज्रचार्य मिसेस क्याटवाक, ममता कार्की फेसबुक च्वाईस अवार्ड र वेष्ट हेयर, लक्ष्मी अर्याल बेष्ट स्माईल र मानु शाहु मष्ट फोटोजेनिक भए ।

IMG_8412त्यस्तै, निलम शाही थापा मिसेस आइकनिक आइज, सविना थपलिया मष्ट पञ्च्युल, डोलकुमारी श्रेष्ठ केसी बेष्ट आर्टवर्क, ज्ञानु छन्त्याल बुढा बेष्ट फिजिक, निर्मला चौधरी मष्ट फ्रेन्डली, संगीता रौनियार मष्ट चार्मिङ, सुनिता पराजुली मष्ट कन्फिडेन्ट, अम्बिका मल्ल मष्ट व्युटिफुल, कविता राई (नेम्बाङ) मिसेस कन्जिनियालिटी, बविता तिमल्सिना मष्ट एक्टिभ र सुस्मिता शेरचनले मेनेजमेन्ट च्वाईस अवाड हात पारे भने कार्यक्रममा पूनम प्रधान मष्ट पर्फेक्ट, सन्जु केसी मष्ट डिजर्भिङ, मनश्रु राई सोसल वेलफेयर एम्बेस्डर, कल्पना शाही सिहं मष्ट क्रियटिभ, सिर्जना गौतम मष्ट पोजिटिभ एटिटिच्युड, कमला लामा ब्युटि वीथ रेसपोन्सिविलिटी, रस्मिता गुरुङ मेनेजमेन्ट च्वाईस, ममता पाठक बेष्ठ सिंगर, निरु लामा मेनेजमेन्ट च्वाईस अवार्ड र मनिता खड्गी बेष्ट पर्पmमेन्स उपउपाधिका विजेता भए ।

नायक रमित ढुंगाना, डा. रञ्जित कुमार झा, प्याब्सनकी उपाध्यक्ष दीपिका रिमाल थापा, प्राइम बैंककी मेनेजर अनिता प्रधान, डिएसपी लोकेन्द्र श्रेष्ठ, र द्धन्द्ध निर्देशक चन्द्र पन्त निर्णायक रहेको प्रतिायोगितालाई रोचक बनाउन विभिन्न गीतसंगीत र नृत्य प्रस्तुत गरिएको थियो ।

Comments