उत्कृष्ट कलाकार छान्ने जिम्मा दया र रिचालाई !
screennepal
प्रकाशित: २०७३, १९ असार आईतवार
no img

काठमाडौं, १९ असार । चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री ऋचा शर्मा र कलाकार अनुप बरालले उत्कृष्ट प्रतिभा खोज्ने भएका छन् । नेक्स्ट मोडल्स नेपाल यसै बर्षबाट सुरु गर्न लागेको रियालटी शो ‘नेशनल एक्टिङ कम्पिडिसन–२०१६’ मा यी कलाकारलाई प्रतिभा छान्ने जिम्मा दिइएको छ । आयोजकका अनुसार २२ असारबाट अडिसन सुरु हुनेछ ।

maxresdefault

अभिनय प्रतिभा छनोटमा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मकाले सहभागिता जनाउन सक्ने बताइएको छ । उपत्यका बाहिरको प्रतियोगीलाई भिडियोमार्फत चयन हुने ब्यवस्था मिलाएको र उपत्यकाभित्रकालाई नेक्स्ट मोडल्स नेपालको कार्यालय अनामनगरमा आवेदन दिन सक्ने ब्यबस्था मिलाइएको छ ।

_MG_8230
बिभिन्न चरणबाट छानिएका ६० प्रतियोगीलाई ३५ दिने प्रशिक्षणपछि टप ४०, २०, १० र टप ५ हुँदै उत्कृष्ट एक छानिने जनाइएको छ ।

 

Comments