कमलको ‘कमल’ सार्वजनिक
screennepal
प्रकाशित: २०७३, १९ असार आईतवार
no img

काठमाडौं, १९ असार । गायक कमल घलेको आधुनिक गीति एल्बम ‘कमल’ सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक समारोहबीच गीतकार डा. कृष्णहरि बराल, प्राज्ञ तथा संगीतकार शान्तिराम राईलगायतले ‘कमल’ सार्वजनिक गरेका थिए । भुटानमा जन्मिएका गीतकार कलम केही वर्षयता अमेरिकामा बस्दै आएका छन् ।

IMG_2545
सार्वजनिक एल्बम ‘कमल’ मा जम्मा ६ वटा गीत छन् । जसमा पाँच वटा गीतका ताराप्रकाश लिम्बूको संगीत रहेको छ भने एउटा गीतमा मनोराज शिवाकोटीको संगीत छ । तिमी फूलको डाली, एक्लै एक्लै, चट्ट परी, भगाई लैजाउँ कि, आँखा तालमा र के लुकाउँनु माया बोलको गीत रहेको ‘कमल’ मा सुशीला पौडेल, ताराप्रकाश लिम्बू, मनोजराज शिवाकोटी र यमन सुबेदीको श्कदरचना रहेको छ ।
यस एल्बमलाई गायक रुकमान लिम्बूको कम्पनी रुबुशा क्रियशन वर्कसले माझ ल्याएको हो । एल्बम ‘कमल’ को निर्माता सुजिता रहेकी छन् । कार्यक्रम एल्बममा समावेश एक गीतको भिडियो समेत रिलिज गरिएको थियो ।

Comments