ल हेरौं, निशालाई ‘क्या मज्जा भो’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १८ असार शनिबार
no img

nisha

काठमाडौं, १८ असार । कल्चरल म्युजिक भिडियोकी चर्चित मोडल तथा नृत्यांगना निशा पोमुलाई एक्कासी पप गीतमा नाच्न मज्जै भएछ क्यारे । विशेषगरी निशा लिम्बू भाषा तथा कल्चरल गीतको भिडियोमा छाइरहेकी हुन्छिन् । तर, यतिखेरै उनी एक यस्तो गीतको भिडियोमा देखिएकी छन्, जुन गीतको बोलजस्तै निशाले मज्जा लिएकी छन् । ‘क्या मज्जा भो…’ बोलको यस गीतको भिडियो स्वीमिङ पुलमा गरिएको छ । प्रायः साडी तथा कल्चरल पहिरनमा नाच्ने बानी परेकी निशालाई स्वीमिङ कस्टममा नाच्दा कसो मज्जा भएन होला र ?

nisha1
यो गीत राम रानाले गाएका हुन् । सुन्दै एक किसिमले मज्जा लाग्ने यस गीतमा निशासँग गायकले नै नाचेर मज्जा लिएका छन् । निशालाई मोर्डन युवतीका रुपमा प्रस्तुत गरिएको यस भिडियोमा रामचाहिँ डिजेका रुपमा देखिएका छन् ।
‘क्या मज्जा भो’ गीतमा मोडलिङ गरेपछि निशाले भनिन्, ‘थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छु । तर, पप गीतमा भने पहिलोपटक जस्तै हो ।’ उनले सबै किसिमका गीतमा मोडलिङ गर्ने रुचि रहेको पनि सुनाइन् । निशाले स्क्रीन नेपालसँग भनिन्, ‘तर, के गर्नु सुरुमा कल्चरल भिडियोमा देखिएपछि सबैले त्यस्तै–त्यस्तैमा मात्र लिन खोज्दारहेछन् ।’

‘पहिलेदेखि मन परेको मान्छेलाई भेट्दा कस्तो अनुभूति होला’ गीतको यस्तै भावलाई भिडियोमा रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । डिपी खनालको शब्दरचना यस गीतको भिडियोलाई निशा पोमुकै यु–ट्युब च्यानल ‘निशा पोमु’मार्फत रिलिज गरिएको हो ।

Comments