यस्तो बन्यो करणराज–सञ्जयको ‘ब्युटिफुल’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, १८ असार शनिबार
no img

काठमाडौं । ‘गल्ती मेरो छैन’ गीतमार्फत चर्चामा आएका गायक तथा गीतकार करणराज कार्की ‘ब्युटिफुल’ भन्दै दर्शक तथा श्रोतामाझ आएका छन् । सन् २०१३ मा रिलिज गरिएको उनको ‘गल्ती मेरो छैन’ बोलको गीतलाई श्रोताले अत्याधिक रुचाएका थिए । त्यसपछि उनी अहिले नयाँ ‘ब्युटिफुल’ बोलको पप गीत एवं भिडियो लिएर आएका हुन् ।

kkkkk
हालै यु–ट्युबमार्फत रिलिज गरिएको यस गीतमा करणराजसँगै अर्का गायक सञ्जय चौधरीको पनि स्वर सुन्न सकिन्छ । करणराजकै शब्द तथा संगीत रहेको यस गीतको भिडियो निर्देशन भने राज रानाले गरेका हुन् । यस भिडियोमा चर्चित ब्याण्ड ‘बि–एट’ लाई फिचरिङ गरिएको छ ।
करणराज गायकमात्र नभएर एक कुसल गीतकार तथा संगीतकार पनि हुन् । ‘गल्ती मेरो छैन’ गीतबाटै आफूलाई गीतकार तथा संगीतकारका रुपमा चिनाएका हुन् । करणराजको स्वरसँगै श्ब्द एवं संगीत रहेको यस गीतलाई यु–ट्यबमा अहिलेसम्म करिब २३ लाखले हेरिसकेका छन् । यस गीतमा पनि सञ्जयसँगै उनले सहकार्य गरेका थिए ।
‘स्टुपिड मन’लगायत केही चलचित्रमा समेत संगीत गरिसकेका करणराज भन्छन्, ‘यो ब्युटिफुल गीतलाई पनि श्रोता तथा दर्शकले रुचाउँछन् भन्ने लाग्छ ।’ यस गीतलाई अहिलेका युवापुस्ता सुहाउँदो बनाएको उनले बताए । उनले संगीत गरेको चलचित्र ‘स्टुपिड मन’ को झुकेको नजरले’ पनि श्रोताले मन पराएका थिए ।

https://www.youtube.com/watch?v=gCubry7UbX8

Comments