खै कसको ‘मनमा…’ ओम (प्रोमोसहित)
screennepal
प्रकाशित: २०७३, १७ असार शुक्रबार
no img

’काठमाडौं । कला क्षेत्रमा भएकाहरुको कतिखेर रंग फेरिन्छ पत्तै हुन्न । आज फिल्मको ‘हिरो’, भोलि निर्माता । यस्तै, गायनमा पनि यस्तै लहर छ । गायकहरु संगीतकार हुने एउटा लहर अर्कातिर संगीकारहरु गायक, यतिमात्र नभएर पछिल्लो समय ‘हिरो’ र ‘मोडल’ बन्नेक्रम पनि बढेको छ ।
कुरा ओम सुनारकै गरौं न । ओम पछिल्लो समय पाश्र्वसंगीत तथा गायनमा निकै व्यस्त मानिन्छन् । तर, उनलाई त्यतिले मात्र चित्त बुझेन क्यारे । त्यसैले मोडल नै बने । ओम मोडल बनेको एउटा म्युजिक भिडियो चाँडै आउँदैछ । तर, त्यसअघि प्रोमो रिलिज गरिएको छ । ‘मनमा’ बोलको यो प्रोमो स्क्रीन नेपाल डटकममार्फत रिलिज गरिएको हो । यस गीतको संगीत राजशुक्र लिम्बूले गरेका हुन् भने गीत रचना जानु काङ्बाङ लिङ्देनले । स्वर भने ओमकै छ । उनको अनुसार चाँडै फुल भिडियो रिलिज हुनेछ ।

Comments