‘लिम्बू सुन्दरी’को खोजी सुरु
screennepal
प्रकाशित: २०७३, १७ असार शुक्रबार
no img

काठमाडौं, १७ असार ।  यस वर्ष पनि लिम्बू समुदायभित्र सुन्दरीको खोजी सुरु भएको छ । ‘मिस लिम्बु’ को चौथो संस्करणका लागि आवेदन खुला गरिएको आयोजक याक्थुङ युथ एशोसिएशनले जनाएको छ । लिम्बू समुदायका युवतीहरुमा लुकेको प्रतिभा तथा कला संस्कृतिको प्रवद्र्धन गर्ने हेतुले एशोसिएशनले चार वर्षअघि ‘मिस लिम्बू’ को सुरुवात गरेको हो ।

bishnu

MIss Limbu-2015, file Photo

‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित आयोजित बराह ज्वैलरी ‘मिस लिम्बू–२०१६’ का धरान र काठमाडौंमा अडिशन हुने आयोजक संस्थाकी उपाध्यक्ष तथा गीतकार मीना सिंगकले बताइन् । उनका अनुसार धरानमा केही दिनमै अडिशन हुँदैछ भने त्यसपछि काठमाडौंमा हुनेछ । अडिशनबाट छनोट भएका प्रतियोगीहरुलाई राजधानीमा करिब एक महिना आत्मविकास तथा कला, संस्कृति र रहन सहनबारे प्रशिक्षण दिइनेछ ।
यस प्रतियोगितामा १६ देखि २५ वर्ष उमेरका अविवाहित लिम्बू समुदायका युवतीले सहभागी जनाउन पाउनेछन् । सहभागी हुन चाहने युवतीले धरान र काठमाडौंमा याक्थुङ युथ एसोसिएशनको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । प्रतियोगिताको अन्तिम स्पर्धा राजधानीमा भदौमा हुने बताइएको छ ।

Comments