‘धेरै साथी’मा मोडल भए विनोद खम्बु (भिडियो)
screennepal
प्रकाशित: २०७३, १७ असार शुक्रबार
no img

काठमाडौं । गायक तथा संगीतकार विनोद खम्बुले जति श्रोता र दर्शक पाए, त्यो भन्दा धेरै साथी पाएका छन् । त्यसैले उनलाई धेरै साथीमाझ एकजना असल साथी रोज्न गाह्रो परेको छ । विनोदले हालै एउटा गीत सार्वजनिक गरेका छन् ।
‘धेरै साथी’ बोलको गीतमा उनले यस्तै भाव व्यक्त गरेका छन् । यतिमात्र नभएर यस गीतमा उनी मोडलका रुपमा समेत देखिएका छन् । उनका अनुसार यो गीतको भिडियो निकै अगाडि निर्माण गरिएको हो, तर यु–ट्युबमा रिलिज गरिएको भने तीन दिनमात्र हुँदैछ ।
‘धेरै साथी’ बोलको यस रिलिज गीतमा विनोदकै स्वर तथा संगीत रहेको छ भने शब्द अर्जुन अधिकारीले लेखेका हुन् । संगीता श्रेष्ठले निर्देशन गरेको यस म्युजिक भिडियोमा गायक विनोदसँगै प्रेरणा राईलाई फिचरिङ गरिएको छ । यस म्युजिक भिडियोमा टिनएजर्स लभलाई प्रस्तुत गरिएको छ । भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस् ।

https://www.youtube.com/watch?v=Y1iF8aFhF-I

Comments