पपमा निशाको ‘लत लाग्यो…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १६ असार बिहीबार
no img

nisha desar

काठमाडौं । गायिका निशा देसार गजल गायनमा चर्चित छिन् । ‘जमाना खराब छ’, ‘अजनबी’ जस्ता दर्जनबढी गजल गाएर श्रोता तथा दर्शकको मनमा बस्न सफल निशाले पछिल्लो समय एउटा पप गीत सार्वजनिक गरेकी छन् । ‘लत लाग्यो’ बोलको पप गीतलाई उनले भिडियोमा सार्वजनिक गरेकी हुन् । गजलमा जस्तै पप गायनमा पनि निशाको स्वर मिठास सुनिएको छ । यो सार्वजनिक गीत निशाको ‘लत लाग्यो’ एल्बमको हो ।
आनन्द अधिकारीको शब्दरचना रहेको ‘लत लाग्यो’ मा संगीत शिखर सन्तोषको रहेको छ । समन अधिकारीले निर्देशन गरेको यस भिडियोमा सुप्रिया कटवाल र पवनले अभिनय गरेका छन् । अमृत सुनुवारले खिचेको यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

Comments