हाम्रो गाउँघरको दही चिउरे कार्यक्रम
screennepal
प्रकाशित: २०७३, १६ असार बिहीबार
no img

ssss

काठमाडौं । ‘धान दिवश’को अवसरमा ‘हाम्रो गाउँघर परियोजना बाल क्षेत्र नेपाल’ले साँखुस्थित एक कार्यक्रमको रोपाइँसँगै दही–चिउरा खुवाएको छ । असारे भाकाको गीतसंगीतका साथ ‘मिसेज मंगोल–२०१६’ का प्रतिस्पर्धी, निर्देशक सोभित बस्नेत, पत्रकार सानुकाजी श्रेष्ठ, निर्माता प्रदीप केसी, लेखक हिमाल उप्रेतीलगायत स्थानीयको बाक्लो उपस्थितिले रोपाई कार्यक्रमको रौनकता छाएको थियो । मौलिक कला, संस्कृतिभित्र पर्ने असार १५ को महत्व घट्दै गएकोमा उपस्थितले दुःख व्यक्त गर्दै ‘मुठी रोपेर मुरी फलाउने’ दिनलाई बिर्सनु नहुने बताए । हाम्रो गाउँघर परियोजना, बाल क्षेत्र नेपालले अनाथ बालबालिकाको हितमा काम गर्दै आएको छ ।

Comments