मिसेसहरुको थरिथरीका कला
screennepal
प्रकाशित: २०७३, १६ असार बिहीबार
no img

काठमाडौं । चुलो चौकोदेखि विभिन्न पेशामा संलग्न बिवाहित महिलालाई लिएर एएनपी मिडिया हाउसले ‘मिसेस नेपाल आइकन–२०१६’ गर्दैछ । प्रतियोगितामा सहभागीले ‘ट्यालेन्ट राउण्ड’अन्र्तगत विभिन्न कला देखाए ।
प्रतियोगीले नृत्य, गायन, संगीत, चित्रकला, वत्तृत्वकला, अभिनय, खेललगायतका प्रतिभा प्रदर्शन गरेका थिए ।

6
ट्यालेन्ट शोमा उनीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा आगामी १९ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने अन्तिम प्रतिस्पर्धामा मिसेस ट्यालेन्ट घोषणा गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराए । मिसेस ट्यालेन्टका लागि रेजिना उप्रेती, सुमन दाहाल, सरोज प्याकुरेल, शान्ता लामा, सुमित जंग राणा निर्णायक रहेका थिए ।

21
प्रतियोगितामा सुनिता पराजुली, सविना थपलिया, सञ्जु केसी, सरस्वती सहनी, रस्मिता गुरुङ, मनासरु राई, निलम शाही थापा, मुना पौड्याल, सुस्मिता सेरचन, मनु सहु, सिर्जना गौतम, डोलकुमारी श्रेष्ठ केसी, ममता कार्की, कविता राई (नेम्बाहाङ), अनु श्रेष्ठ, निरु लामा, कमला लामा, ज्ञानु छन्त्याल बूढा, संगीता रौनियार, कल्पना श्रेष्ठ, प्रतिमा पौड्याल, पूनम थापा, जानकी प्रजापती, अम्वीका मल्ल, बविता तिमल्सिना, रेनु बस्नेत, मनिता खड्गी, सविया स्वाँर अमात्य, पूनम प्रधान, जीस्वान तुलाधर, लक्ष्मी अर्याल, तृष्णा प्रधान, अनु शर्मा, विपना बस्नेत, निर्मला चौधरी, रेनुका बज्रचार्य, ममता पाठक र सन्ध्या थापा गरी कुल ३८ महिलाले स्पर्धा गर्दैछन् ।

Comments