धर्मबज्रको भिडियोमा ‘टाढिएर गयौं’
screennepal
प्रकाशित: २०७३, १५ असार बुधबार
no img

aaaa

काठमाडौं । गायक धर्मबज्र लामाको ‘टाढिएर गयौं’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक समारोहबीच अभिनेत्री गौरी मल्ल र संचारकर्मी तथा म्युजिक भिडियो निर्देशक सहेन्द्र श्रेष्ठले यस म्युजिक भिडियोलाई सार्वजनिक गरेका थिए । सार्वजनिक भिडियोको निर्देशन संचारकर्मी पासाङ योञ्जन लामाले गरेका हुन् ।

video
म्युजिक भिडियोमा अनु शाह र रोजिना श्रेष्ठको अलाव गायक धर्मबज्रको पनि अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । धर्मको यस गीतलाई लेख्ने र संगीत भर्ने काम सुरज योञ्जनले गरेका हुन् ।
संचारकर्मी पासाङ योञ्जन लामा पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा ब्यस्त बनेका छन् । ‘टाढिएर गयौं’ को भिडियो प्रिमियरमा विभिन्न संगीतकर्मी, कलाकार र तथा पत्रकारको उपस्थिति थियो । यस म्युजिक भिडियोलाई रोजिना श्रेष्ठले निर्माण गरेकी हुन् ।

Comments