असार १५ : विकाशले ख्वाए दही–चिउरा
screennepal
प्रकाशित: २०७३, १५ असार बुधबार
no img

काठमाडौं, १५ असार । कृषकमाझ एउटा लोकप्रिय भनाइ छ, ‘माना खाएर मुरी फलाउने’ । १५ असारलाई ‘धान दिवश’ का रुपमा मनाइने गरिएको छ । अझ नेपाल कृषिप्रधान देश हो । यसैलाई मनन गर्दै देशभर ‘धान दिवश’ मनाइएको छ ।

यता, ‘धान दिवश’ कै अवसरमा शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालाले दही–चिउरा खाने कार्यक्रम राख्यो । ‘धान दिवश’ भनेकै दही–चिउरा खाएर मनाउँने हो । यसैको अंगिकार गर्दै संगीतकार विकास चौधरीले आफ्नो कार्यालय पुतलीसडकस्थित शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामा दही–चिउरा खाने कार्यक्रम राखेको हो ।

IMG_2510
यस अवसरमा पाठशालाका संगीत प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र दुई जना संगीत तथा चलचित्रकर्मीलाई समान पनि गरिएको छ । यस पाठशालाले तीन महिने निशुल्क संगीत प्रशिक्षण दिइएको थियो । सो प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा चलचित्र निर्माता नरेन्द्र महर्जन र संगीतकर्मी विमल श्रेष्ठलई सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कलाकार तथा निर्देशक ओम प्रतिकले सम्मान तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालाका सञ्चालक तथा संगीतकार विकासले भने, ‘मैले निशुल्क संगीत प्रशिक्षण दिनुको पनि कारण छ ।’ आफूले सानोमा संगीतप्रति रुचि भएर पनि समय र आर्थिक अभावले संगीत सिक्न नपाएको भन्दै निशुल्क संगीत सिकाएको उनले बताए । ‘यसमा कुनै संस्थाले डोनेशन दिएका छैनन्’ उनले प्रष्टाए, ‘गायन तथा संगीतमा प्रतिभालाई प्लेटफर्म होस् भनेर निशुल्क प्रशिक्षण दिएको हुँ ।’ यस संगीत प्रशिक्षणमा ५८ जनाले सहभागी जनाएको समेत उनले बताए । कार्यक्रममा विभिन्न कलाकार तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

Comments