कसले भनेछन् त सुष्टिलाई ‘मन प-यो…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १५ असार बुधबार
no img

13254553_1040247996088874_1127216168670605242_n

काठमाडौं । एक जवान युवतीलाई कुनै पुरुषले मन पराउँनु अनौठो होइन । तर, त्यो मन पराउँने व्यक्तिलाई नभेट्नु अर्को कुरा । यस्तै, सुष्टि खड्कालाई पनि कसैले ‘मन प-यो मन प-यो’ भनेछन् । आफूलाई मन पराउँनेलाई भेटे वा भेटिनन् त्यो उनै जानून् । तर, सुष्टिले दर्शक तथा श्रोतामाझ भने खुलेरै गाए, ‘मन प-यो मन प-यो भन्छौ रे’ । यही गीतमार्फत सुष्टि गायिका बनेकी छन् । उनले आफ्नो पहिलो गीतको भिडियोसमेत सार्वजनिक गरेकी छन् ।
सुष्टिले यो भिडियो हालैमात्र सार्वजनिक गरेकी हुन् । सविर श्रेष्ठले निर्देशन गरेको यो भिडियोमा अभिनेत्री अनु शाहले मोडलिङ गरेकी छन् । डान्सिङ बिटको यस गीतको संगीतकार टंक बुढाथोकी हुन् भने शब्द सुरज पौडेलको रहेको छ । गीत तथा भिडियो रिलिज गरेपछि सुष्टिले भनिन्, ‘गाउने मेरो सानैदेखिको सौख हो । बल्ल एउटा गीत ल्याएकी छु । यो मेरो पहिलो प्रयास भएकाले राम्रो वा नराम्रो के छ कमेन्ट गरिदिनु होला ।’ भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

https://www.youtube.com/watch?v=FNpHWKyU7mU&feature=share

Comments