‘मिस नेपाल युएस एम्बेसडर’ निशा नेपालमा
screennepal
प्रकाशित: २०७३, १४ असार मंगलवार
no img

काठमाडौं, १४ असार । प्रथम मिस नेपाल युएएस एम्बेसडर निशा कलामदानी ८ दिने भ्रमणमा नेपालमा छिन् । उनी जून २२ तारिखमा यहाँ आइपुगेकी हुन् ।

उनको यो भ्रमणलाई न्युयोर्कका लागि नेपालका महावाणिज्यदूत नारायणप्रसाद मैनालीको पहलमा नेपाल पर्यटन बोर्डले व्यवस्थापन र सहकार्य गरेको छ भने एयर इन्डियाले उनको हवाई यात्रालाई प्रायोजन गरेको हो ।
उनको भ्रमण मूलतः नेपालको पर्यटन प्रवद्र्धनमा केन्द्रित छ । नेपालबारे सचेतना, यहाँको सांस्कृतिक एवं प्राकृतिक विविधतालाई अन्तर्राष्ट्रिय मंचमा प्रवद्र्धन गर्नुमा उनको यात्रा जोडिएको छ । उनको यो भ्रमण रिबिल्ड नेपाल प्रोजेक्ट सित पनि उत्तिकै महत्वपूर्ण रुपले जोडिएको छ ।

IMG-20160628-WA0005
०७२ सालको महाभूकम्पले प्रभावित भएकाहरुको जीवनमा सकरात्मक प्रभाव र सहयोग जुटाउने उद्देश्य अनुरुप यो भ्रमण भएको हो । भूकम्प पीडितहरुको सहयोगका लागि राहत संकलन र वितरण पनि यो भ्रमणको मुख्य पाटो हो ।
नेपाली अमेरिकन सम्बन्धलाई अझ सुमधुर र सृृदृढ बनाउन तथा अमेरिकी युवतीलाई नेपाल चिन्ने, बुझ्न र प्रवद्र्धनका लागि इभेन्ट प्लानेट युएस र ई–प्लानेट नेपालले ‘मिस नेपाल युएस एम्बेसडर’ छनोट गरेको थियो ।
प्रतियोगिताका लागि २५ जना अमेरिकी युवतीले आवेदन दिएका थिए, जसमा अन्तिम प्रतिस्पर्धाका लागि दश जना चयन गरिएको थियो । यो प्रतिस्पर्धामा अमेरिकामा जन्मेकी न्युजर्सी निवासी निशा कलामदनी पहिलो ‘मिस नेपाल युएस एम्बेसडर–२०१५’ का रुपमा चयन भएकी हुन् । उनी गएको अगस्ट २२ तारिखमा न्युयोर्कस्थित न्युयोर्क सोसाइटी फर एथिकल कल्चरमा चयन गरिएकी हुन् । निशा हाई स्कूलका समयदेखि नै भोल्युन्टरी कार्यमा सक्रिय रहँदैै आएकी छन् । उनी रोबर्ट वुड जोनसन हस्पीटलका क्यान्सर विरामीहरु, न्युजर्सीस्थित भेटरान्स होम, भारतीय सैनिक, द लाइन्स क्लबलगायतमा सक्रिय सेवारत छिन् ।

Nisha (2)
निशा एक फेसन मोडल एवं अभिनेत्री पनि हुन् । उनले थुप्रै फेसन शोमा भारतीय तथा अमेरिकी फेसन डिजाइनरका लागि शो स्टपरका रुपमा काम गरिसकेकी छन् । उनी केही अमेरिकी म्यागाजिनमा फिचर भइसकेकी छन् । उनले केही फिचर फिल्म तथा छोटा चलचित्र अभिनयको समेत अनुभव संगालिसकेकी छन् । उनी अभिनीत चलचित्र अनकमिटेडले द वल्र्ड इन्डी फिल्म फेस्टमा वेष्ट नेरेटिभ फिचरको अवार्ड हात पारेको थियो । यही चलचित्रले जून २०१५ मा अनलाइन फिल्म फेस्टिभलमा वेष्ट फिचर फिल्मको अवार्ड पनि जितेको थियो ।

Comments