‘सुपर मोडल’ बन्न ५८ युवतीको कडा स्पर्धा
screennepal
प्रकाशित: २०७३, १४ असार मंगलवार
no img

काठमाडौं, १४ असार ।  यतिखेर विभिन्न स्थानका सुन्दर युवतीहरु एकै स्थानमा सौन्दर्य निखारिरहेका छन् । ‘द सुपर मोडल नेपाल’ बन्न उनीहरु अग्रसर भएका हुन् । प्यासिपिक मेनेजमेन्ट इभेन्टद्वारा पहिलोपटक आयोजना हुन गइरहेको ‘द सुपर मोडल नेपाल–२०१६’ मा १६ देखि २४ वर्ष उमेरका ५८ युवती कडा स्पर्धा गर्दैछन् ।

The super model nepal (1)

हाल प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले क्याकवाक, पर्सनालिटीलगायत विभिन्न आत्मविकासबारे प्रशिक्षण दिइरहेका छन् । आयोजक संस्थाका अध्यक्ष फुपु तेञ्जिङ शेर्पाका अनुसार ‘द सुपर मोडल नेपाल’ यो अन्य सौन्दर्य प्रतियोगिताभन्दा केही भिन्न छ । आवेदन फारमसमेत एक प्रतियोगी बराबर १५ सय रुपैयाँ मात्र लिइएको आयोजकले जनाएको छ ।
यस्तै अन्य हुँदै आएका प्रतियोगिताहरुमा सामान्यतः १० देखि २० हजार रुपैयाँसम्म चर्को शुल्क लिइँदै आएको छ । तर, यसरी मोटो रकम लिँदा प्रतिभा भएर पनि आर्थिक हैसियत नभएकाहरु प्रतियोगितामा सहभागी हुनबाट ब्यञ्चित भइरहेकाले १५ सय मात्र लिएको प्यासिपिक इभेन्टले जनाएको छ ।

The super model nepal (2)
प्रतियोगितामा सरु बराइली, पुजा बराल, जेनिशा सबेदी, रेश्मा भण्डारी, रोनीश्री पञ्चकोटी, सिम्रन सापकोटा, रिया बानियाँ, रक्षा पन्त, साहारा सिलवाल, अलिशा पौडेल, अमिशा देवकोटा, हेमा हमाल, समि महर्जन, इच्छा कार्की, रुप्श्री श्रेष्ठ, रानी बस्नेत, सेरिजा रावल, अदिदा तामाङ, शिला खड्का, अञ्जली श्रेष्ठ, सविना गुरुङ र प्रशंसा गुभाजु स्पर्धी छन् ।
त्यस्तै, स्वस्ति बैद्य, कृति किरण पाण्डे, क्यारोलिन चन्द, काजोल महर्जन, ऋचा सिटौला, स्नेहा श्रेष्ठ, रेश्मा तिखत्री, सवित्ता खड्का, अलिशा चौधरी, सुरुचि श्रेष्ठ, उषा श्रेष्ठ, प्रियंका अधिकारी, अञ्जना लामा, येस्ना थापा, निशा थापा मगर, स्वर्णिमा श्रेष्ठ, अस्मिता श्रेष्ठ, आयुष्मा शाही, पोरुशा थापा मगर ठकुरी, सिर्जना महत, कृषा गुरुङ, मेघा तामाङ, सिमा स्याङ्तान, आकृति सुबेदी, पिंकी गुरुङ, अर्चना डिसी, सुमिना न्यौपाने, रस्मि श्रेष्ठ, दीपा श्रेष्ठ, मुस्कान प्रसाईँ, चाँदनी श्रेष्ठ, सगुन कार्की र अरेशा श्रेष्ठ प्रतियोगितामा स्पर्धा गर्दैछन् । प्रतियोगिताको अन्तिम स्पर्धा १ साउनमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।

Comments