शनिश्चरेकी कृतिका सातौं ‘पुर्वाञ्चल सुन्दरी’
screennepal
प्रकाशित: २०७३, १३ असार सोमबार
no img

सुनसरी, १३ असार । कृतिका गिरी यस वर्षको ‘मिस पुर्वाञ्चल’ बनेकी छन् । शनिबार राति धरानस्थित सभागृहमा सम्पन्न प्रतियोगितामा झापा शनिश्चरेकी कृतिकाले ‘मिस पुर्वाञ्चल–२०१६’ को उपाधि चुमेकी हुन् । उपाधि जितेपछि उनले भनिन्, ‘मेरो सानैदेखिको एउटा रुचि पूरा भएको छ । १९ स्पर्धीलाई उछिन्दै उनी सातौ पुर्वाञ्चल सुन्दरी बन्न सफल भएकी हुन् । गिरीले ‘मिस पुर्वाञ्चल’ को उपाधिसँगै यमाहाको स्कुटी, भेडेटारको सद्भाबना दुत तथा बैंकक भ्रमणको अवसर पाएकी छन् । प्रतियोगीतामा मिस पर्सनालिटीको टाईटल उपाधिसमेत कृतिका गिरीले नै पाएकी छन् ।

kritika

‘यदि नेपालको राष्ट्रपतिलाई एक घण्टाको लागि भेट्न पाउनुभयो भने के–के कुरा उठाउनु हुन्छ र किन ? भन्ने निर्णायकको प्रश्नमा ‘यदि मैले हाम्रो महिला राष्ट्रपतिलाई एक घण्टा भेट्न पाए भूकम्पपीडितले अहिलेसम्म किन राहत पाएका छैनन ? राहतको आशमा कति दिन, हप्ता, महिना र यहाँ सम्मकी बर्ष पनि बिति सके । र, यो पनि भन्छु की उनीहरुप्रति ध्यान दिनु प-र्यो र उनीहरुलाई छिटोभन्दा छिटो राहत दिनुप-र्यो ।’ भन्ने जवाफ जवाफ दिएपछि निर्णायकले उनलाई उपाधि दिएका हुन् ।
यसैगरी, प्रतियोगितामा फस्ट रनअपको उपाधि ममता काकीले जितेकी छन् । उनले नगद ५१ हजारसहित पोखरा र सिक्किम भ्रमणको अवसर पाएकी छन् । सेकेन्ड रनरअप उपाधि भने इक्शा मादेनले पाएकी छन् । इक्शाले नगद ३१ हजारसहित पोखरा र सिक्किम टुरको अवसर पाएकी छन् ।

miss-purbanchal
प्रतियोगितामा मिस चार्मिङ इक्सा मादेन, मिस पब्लिक च्वाईस अनु श्रेष्ठ, फोटोजेनिक अस्मिता खड्गी र मिस क्याटवाकको टाइटल उपाधि सिर्जना रानामगरले पाए । त्यस्तै, मिस हेल्दीहोम, मिरा दुमी राई, मिस ट्यालेन्ट सृष्टि आचार्य र मिस फ्रेन्डशीप अपेक्षा ढुंगानाले हात पारे । टाईटल बिजेताले नगद १०–१० हजार र विभिन्न आकर्षक पुरस्कार पाएका छन् ।

Comments