निर्मलले जब अलिशालाई…(भिडियो)
screennepal
प्रकाशित: २०७३, १३ असार सोमबार
no img

काठमाडौं, १३ असार । टाढा नजाऊ भन्दाभन्दै अलिशा राईले बाचा तोडेपछि सञ्चारकर्मी तथा क्यामेरापर्सन निर्मल दाहाललाई फाइदा भएको छ, जहाँ अस्मिक र सविनका अगाडि निर्मल हिरो भए । निर्मलले आफ्नो लामो कपाल हल्लाउँदै अलिशालाई मोटर साइकलमा चढाएर लगेपछि उनीहरु हेरेको हेरै भए । नत्र प्रस्तुत म्युजिक भिडियो एकपटक हेर्नुुस् त ?
यस गीतका गायत्र हुन् राजेश राई । ‘क्रेजी गर्ल’ भावनाको ‘टाढा नजाऊ…’ बोलको यो गीत राजेशको गीति एल्बम ‘तोडियो–२’ मा समावेश गीत हो । यस गीतको भिडियोलाई पछिल्लो समय ब्यस्त क्यामराम्यान ज्ञानेन्द्र शर्माले निर्देशन गरेका हुन् । क्यामेरामेन कै निर्देशन भएकाले होला यहाँ अन्त्यमा क्यामेरामेनलाई नै उनले ‘हिरो’ बनाएका छन् । शर्माकै छायांकन रहेको यस भिडियोमा अलिशा, अस्मिक, सविन र निर्मलले अभिनय गरेका छन् । शर्माको निर्देशन र निर्मलको अभिनयका लागि यो पहिलो अनुभव हो ।
यस गीतमा शब्द तथा संगीत संयोजन गायक स्वयं राजेशले नै गरेका हुन् । यस गीतमा साक्षत खानले -यापमा साथ दिएका छन् । कोरियोग्राफि देव जंग थापा रहेको यस भिडियोमा सम्पादन उज्ज्वल ढकालको छ ।

Comments