एउटै म्युजिक भिडियोमा राष्ट्रकवि र संस्कृतिविद् (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १३ असार सोमबार
no img

काठमाडौं । एउट म्युजिक भिडियोमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहज जोशी देखिएका छन् । भिडियोमा यी देशका होनहार दुई व्यक्तित्वले ‘घुस नखाने’ बाचा गरेका छन् । पुनर्निर्माणमा जुट्न आव्हान गर्दै धुर्मुस–सुन्तलीको अभिनयलाई सघाउ पु¥याउ निर्मित ‘यो प्रण यो समर्पण’ नाम दिएको यो भिडियो हालै सार्वजनिक गरिएको हो । भीष्मकुमार भूसालको ‘वाचा’ बोलको गीतमा राष्ट्रकवि घिमिरे र संस्कृतिविद् जोशीले पनि अभिनय गरेका छन् ।

ma
यस भिडियोलाई संचारकर्मी प्रणव सुबेदीले निर्देशन गरेका हुन् । राजधानीलगायत नेपालगञ्ज, दाङ, कर्णालीलगायतका स्थानमा छायांकन गरिएको यस भिडियोमा संचारकर्मी सुबेदीले राष्ट्रकवि घिमिरे, संस्कृतिविद् जोशीका अलावा गायक शिशिर योगी, युवापुस्ताकी चर्चित राजनीतिज्ञ शान्ता चौधरी, समाजसेवाकी अनुपम उदाहरण बनेकी दीक्षा चापागाई, हुमा भूसाललगायतलाई प्रस्तुत गरेका छन् ।
भ्रष्टाचारबिरुद्धका अभियन्ता डा. भूषालले देश घुस र कमिशनमुक्त पार्न कर्मचारी, नेता, ब्यापारी, आमनागरिक सबैको उत्तिकै भूमिका हुने सन्देश यस गीतबाट दिएका छन् । भीष्मकुमार भूषालको शब्द रहेको ‘वाचा’ मा शिशिर योगीको स्वर तथा संगीत छ ।

https://www.youtube.com/watch?v=g1sGD10zZGs

Comments