रसिकको काफिया र ऋद्धिलक्ष्मीको ‘मौनता बोल्छ’
screennepal
प्रकाशित: २०७३, १३ असार सोमबार
no img

काठमाडौं । साहित्यकार तथा पत्रकार जितेन्द्र रसिकको चौथो कृति ‘काफिया’ गजल संग्रह र कवियत्रि ऋद्धिलक्ष्मी कायस्थको कविता संग्रह ‘मौनता बोल्छ’ पाठकमाझ आएको छ । भक्तपुर साहित्यसमाजद्धारा आयोजित एक कार्यक्रमबीच यी दुवै कृति लोकार्पण गरिएको हो ।

jjjjjjjjjjj
कार्यक्रमका प्रमुख अतिथि ज्ञानुवाकर पौडेललगायत गजलकार राजेन्द्र थापा, महाकवि चन्द्रप्रसाद न्यौपाने, समाजसेवी कृष्णलाल प्रधान र गीतकार गोपीकृष्ण ढुंगानाले कृतिको लोकार्पण गरेका थिए । कार्यक्रममा गजलकार रसिकले गतवर्ष गएको भूकम्प र भारतले गरेको अघोषित नाकाबन्दीसम्वन्धी गजलहरु लोकार्पित कृतिबाट वाचन तथा गाएका थिए ।
कवियत्री ऋद्धीलक्ष्मीले मौनता बोल्छ र एनआरएन शिर्षकको कविता वाचन गर्दा सहभागी स्तब्ध बने । कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडलले रसिकको पहिलो गजलसंग्रह प्रकाशनको १० वर्षपछि चौथो कृतिको रुपमा आएको दोस्रो गजलसंग्रहमा देश बोलिरहेको बताए । रसिकको रेकर्ड भइसकेका गजलहरु पनि संग्रहमा छन् ।
कार्यक्रममा गीत÷गजलकार तथा आख्यानकार राजेन्द्र थापाले रसिकका सबै गजलहरु गेयात्मक रहेकाले गायनको लागि अति उपयुक्त भएको बताए । उनले गजल पछिल्लो समय वाचनको लागि पनि लेखिने गरेको र त्यस्ता गजलहरु सशक्त हुँदै आएको चर्चा गरेका थिए ।
कार्यक्रममा महाकवि चन्द्रप्रसाद न्यौपानेले अमेरिका बस्दै आएकी कवियत्री ऋद्धीलक्ष्मीका कवितासंग्रह ‘मौनता बोल्छ’ कृति नामैले काफी भएको बताए भने गीतकार तथा साहित्यकार गोपीकृष्ण ढुंगानाले काफिया गजलसंग्रह जीवन र जगतका लागि भएको बताए । त्यस्तै, कार्यक्रमका सभापति तथा भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनकर्मीले काफिया गजलसंग्रह सिक्न चाहने र आधारभूत गजल सिद्धान्त जान्न चाहनेका लागि उपयुक्त कृति रहेको बताए ।
‘काफिया’ गजलसंग्रह १ सय ३२ पृष्ठको रहेको छ । डिजिटल प्रिन्टलिंक भक्तपुरले प्रकाशित गरेको उक्त कृतिको मुल्य १ सय पचास रुपैयाँ रहेको छ । त्यस्तै ‘मौनता बोल्छ’ कविता सङ्ग्रह दिलिप राजा कायस्थले प्रकाशन गरेको हो । यो कृति १ सय पृष्ठमा ५२ कविता अटाएका छन् भने मुल्य १ सय पचास रुपैयाँ रहेको छ ।
गजलकार रसिकको यसअघि हृदयस्पर्शी छालहरु (गजल संग्रह–२०६३), तारापुञ्ज (फाँचल संग्रह २०६५) र एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह–२०७२) जस्ता तीन कृति प्रकाशित छन् ।

Comments