‘मोडल हन्ट’ मा ६५ भिड्दै
screennepal
प्रकाशित: २०७३, १२ असार आईतवार
no img

काठमाडौ । ‘मोडल हन्ट नेपाल–२०१६’ का लागि ३५ युवती तथा ३० युवा छनोट भएका छन् । राजधानीमा आयोजित विभिन्न चरणको अडिसनबाट यी प्रतियोगी छनोट भएका हुन् । ३० युवा र ३५ युवती गरी ६५ जना प्रतियोगी अन्तिम स्पर्धामा भिड्नेछन् ।

DSC_0697

कोरियोग्राफर रोजिन शाक्य, मोडल हन्ट नेपाल २०१५ बिजेता समिर कुवर रानालगायत अडिसनको निर्णायकमा रहेका थिए । छानिएका प्रतियोगीलाई विभिन्न प्रशिक्षणमा सहभागी गराइने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

DSC_0108 (1)
मोडलिङ पेसालाई व्यावसायिक एवं मर्यादित बनाउँदै नयाँ पुस्तालाई मोडलिङ सम्बन्धी आधुनिक ज्ञान दिलाउँदै फेसन तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उद्देश्य प्रतियोगिताको रहेको छ ।
भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित यो सौन्दर्य प्रतियोगिता गत बर्षबाट नेपालमा पनि सुरु भएको हो ।

DSC_0554

Comments