फ्रान्सकी मोडल म्यारीको ‘धुन मिठो सुसेली’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, १० असार शुक्रबार
no img

mery

काठमाडौं । गायक विवश बस्नेतको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘धुन मिठो सुसेली’ बोलको यस गीतमा संगीत मोहन मगर र म्युजिक एरेञ्ज रोशन बान्तवाले गरेका छन् । प्रकाश स्पर्शको शब्द रहेको यस गीतको भिडियोलाई बि एण्ड बि ब्रोदर्शले बजारमा ल्याएको हो । यसअघि यसबि एण्ड बि ब्रोदर्शले ‘तहल्का मच्चियो’ बोलको गीत ल्याएर चर्चा पाएको थियो ।
‘धुन मिठो सुसेली’ गीतको यस भिडियोलाई शिवम पोखरेलले निर्देशन गरेका हुन् । अजय रेग्मीको छायांकन रहेको यस भिडियोमा फ्रान्सकी मोडल म्यारीका अलावा सोफिया, रोहन, सुधीर, सपना र कपिलले अभिनय गरेका छन् । यस भिडियोको सम्पादन अधिनायकमान शेरचनले सम्पादन गरेका हुन् । यस भिडियोको बजार व्यवस्थापन साहरा फिल्मस्ले गरेको हो ।

Comments