स्रष्टाको दुखेसो, ‘नेपाली गीतसंगीतको अभिलेख खोई ?’
screennepal
प्रकाशित: २०७३, ९ असार बिहीबार
no img

काठमाडौं, ९ असार । अहिलेसम्म रेकर्ड भएका गीत संगीतको अभिलेख नराखिएकोमा सांगीतिक श्रष्टाले दुःख व्यक्त गरेका छन् । अभिलेखको अभावका कारण कुन गीत कहिले रेकर्ड भएको र त्यो गीतका स्रस्टा को हुन् ? भन्ने अनुमानका भरमा लेख्ने गरिएको उनीहरुको भनाइ छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा बुधबार राजधानीको प्रज्ञा भवनमा आयोजित ‘नेपाली संगीत हिजो र आज’ विषयको गोष्टीमा संगीतकर्मीले यस्तो भनाइ राखेका हुन् ।कार्यक्रममा संगीतकार टीका भण्डारीले ‘नेपाली संगीत हिजो र आज’ बिषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।

sangit gosti  (2)

नेपाली आधुनिक संगीत यात्रा सेतुरामबाट १९६० सालपछि सुरु भएर अहिलेसम्मको अबस्थाको चर्चा भण्डारीको कार्यपत्रमा गरिएको थियो ।
कार्यपत्रमा उनले नेपाली अधुनिक संगीतको इतिहास र यसको अबस्था, नेपाली, लोक, शास्त्रीय, चलचित्र, पप संगीत र यी गीत संगीतका अबस्था बारे चर्चा गरेका थिए । उनको कार्यपत्रमा नेपाली गीतसंगीतको प्राविधिक विकाश क्रम, यसका चुनौती, हिजोका गीतहरुको विशेषता, आजका गीतहरुको अबस्था, आजको संगीतको अबस्था, नेपाली संगीतका चुनौतीहरु र भोलीको नेपाली संगीतको अपेक्षा बारे उल्लेख गरिएको थियो ।
भण्डारीको कार्यपत्रमाथि गीतकार डा. कृष्णहरि बरालले टिप्पणी गरेका थिए । छोटो समयमा तयार गरिएको कार्यपत्रमा धेरै कुरा समेटिएको उनले बताए । कार्यपत्रमा उल्लेख गरिएका तिथि मिति धेरै गलत भएकाले त्यसलाई सच्याउन उनले सुझाब दिए । कार्यपत्रको बिषय ‘नेपाली संगीत हिजो र आज’ निकै बृहत भएकाले यो शिर्षकबाट एक दर्जन विधापारिधिका लागि शोध बिषय निकाल्न सकिने पनि उनले बताए ।
कार्यक्रमका प्रमुख अतिगि अग्रज गीतकार किरण खरेलले सो कार्यपत्रको प्रसँसा गर्दै अझ थप अध्ययन अनुसन्धात गरी कार्यपत्रलाई पुस्ताको रुपमा ल्याउन सुझाब दिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले नेपाली गीत संगीतको खोज अनुसन्धान, सँरक्षण सम्वर्धन र विकाश गर्नु नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको दायित्व हो भने । त्यसैले गीत संगति सम्बन्धी विभिन्न गोष्ठी, खोज अनुसन्धान गरेर त्यसलाई पुस्तकको रुपमा ल्याईने पनि उनले बताए ।
सोही प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नेपाली संगीतको इतिहासबारे जानकारी गराउन सो विचार गोष्टी आयोजना गरिएको हो भने । उनले अग्रजहरुको सृजनालाई जोगाएर आउने पुस्तालाई हस्तान्तरण गर्नु पर्ने धारणा राखे ।
सो कार्यक्रमकी संयोजक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य उन्नती बोहरा ‘शिला’ले नेपाली गीत संगीतको बारे आफना धारणा राख्दै सो कार्यक्रमको उदेश्य बारे प्रकाश पारिन् ।

Comments