बृद्धबृद्धासँग किशोरीहरुले सुख-दुख साटे (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, ८ असार बुधबार
no img

miss teen 2

काठमाडौं । ‘मिस टिन प्लस टु–२०१६’ का प्रतियोगीहरु केही दिनयता नयाँ वानेश्वरस्थित एक होटलमा मास फेसिङ, ग्रुमिङ, फेशन कोरियोग्राफी, डान्स, मेकअप, नेतृत्व क्षमता, व्यक्तित्व विकास, आर्टसलगायतको प्रशिक्षण गरिरहेका छन् । कार्यक्रम संयोजक बालकृष्ण पोखरेलका अनुसार उनीहरुलाई छात्रबृत्ति, विदेशमा अध्ययनका लागि निःशुल्क प्रक्रियाको ब्यबस्था, आईटीएल÷टोफेलको अध्ययनको ब्यबस्था मिलाइएको छ । यो प्रतियोगिता स्टार वन इन्टरटेनमेन्टले प्लस टुमा अध्ययनरत छात्रालाई केन्द्रीत गरेर आयोजना गरेको हो ।

IMG_3860
प्रतियोगिताअन्र्तगत किशोरीहरुलाई समाज सेवाको भावना जगाइने समेत आयोजकले जनाएका छन् । यस क्रममा प्रतियोगी किशोरीलाई हालै पशुपतिस्थित बृद्धाश्रमको भ्रमण गराइएको थियो । बृद्धाश्रममा आश्रित बृद्धबृद्धाका साथ किशोरीहरुले सुखदुःख शेयर गरेका थिए ।

IMG_3746
आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार कलेज अध्ययनरत विद्यार्थीहरुको आत्मविश्वास बृद्धी र व्यक्तित्व विकासका लागि दोस्रो संस्करणस्वरुप ‘मिस टिन प्लस टु–२०१६’ आयोजना गर्न लागिएको हो । प्रतियोगिताको अन्तिम स्पर्धामा निरु पोखरेल, अम्बिका कार्की, एमा लामा, उषा शर्मा, अलिना श्रेष्ठ, सृजु निरौला, प्रशंसा हमाल, सिमरन श्रेष्ठ, अस्मिता सोती, जोस्ना श्रेष्ठ, सहंशिला श्रेष्ठ, सपना गुरुङ, अनुराधा पंगेनी, नजमा कपाली, आशिका श्रेष्ठ, सुष्मिता खड्का, अलिसा बस्नेत, रक्षा अर्याल, मनिषा सञ्जेल, पुष्पलता कार्की, सेलिना कोइराला र पुनम श्रेष्ठ गरी कुल २२ किशोरीले प्रतिस्पर्धा गर्दैछन ।

IMG_3722
कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताको हन्तिम स्पर्धा १९ असारमा राजधानीमो जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।

Comments