‘घुमफिर’ खेमराज गुरुङ
screennepal
प्रकाशित: २०७३, ७ असार मंगलवार
no img

काठमाडौं ।  लोक तथा आधुनिक गीत र साहित्यका माध्यमबाट आफ्नो देशको मौलिक संस्कृतिलाई विश्वसामु परिचित गराउने अभियानमा लागेका ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ जस्तो लोकप्रिय गीतका गायक खेमराज गुरुङ पछिल्लो समय पर्यटन प्रवद्र्धन गर्ने गीत–संगीतको सिर्जनातिर लागेका छन् ।

ghumfir by khemraj grn
यसै क्रममा उनले ‘घुमफिर’ नामक पर्यटन गीतहरुको एल्बम बजारमा ल्याएका छन् । नेपाली हिमाली म्युजिकले प्रकाशनमा ल्याएको एल्बममा ६ वटा गीतहरु समाविष्ट छन् । ती मध्ये छैटौँ नम्बरको गीतमा कुमार विवाहितको शब्द छ भने अन्य गीतको शब्द, सङ्गीतका साथै स्वर पनि स्वयम् खेमराजकै छ । उक्त एल्बमका गीतहरुमा पोखरा, काँकडभिट्टा, चितवन, इटहरी, धरान र इलामको महिमा गाइएको छ । गीतमार्फत् गायक गुरुङले ती स्थानहरुको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वका स्थानका बारेमा अत्यन्त मिठासपूर्ण तरिकाले प्रकाश पारिएको छ । गीत सुन्ने श्रोतालाई एकपटक ती ठाउँहरुमा पुगौँ पुगौँ लाग्छ । यसअघि गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे, ढाक्रे (लोकगीत) एल्बम प्रकाशित छन् ।

Comments