कमलमान सिंहको स्वरमा ‘यो माया तिम्रै हो…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, ७ असार मंगलवार
no img

काठमाडौं । चार दशकअघि रेकर्ड गरिएको एउटा लोकगीत असाध्यै लोकप्रिय थियो, ‘यो माया तिम्रै हो…’ उक्त गीतका गायक लोकबहादुर क्षेत्री अहिले हामीमाझ छैनन् । उनै संगीतकर्मी क्षेत्रीलाई पुनः जीवन्तता प्रदान गर्न गायक कमलमान सिंह यतिबेला अघि सरेका छन् । लोकबहादुरका छोरा रोहित क्षेत्रीको अनुमति लिएर गायक कमल मान सिंहले चालिस वर्षअघिको सोही गीतलाई आफ्नो स्वरमा रि–रेकर्ड तथा रिमेक गरेर सार्वजनिक गरेका छन् । रिमेकका लागि दिनेश कर्माचार्यले पनि कमल मान सिंहलाई प्रसस्त सहयोग गरेका छन् ।

Kamal Man Singh_2
पप तथा आधुनिक शैलीका गीत गाएर लोकप्रिय भएका गायक कमल मान सिंहको स्वरमा पुनः रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियो नै तयार पारिएको छ । यूट्युबमार्फत हालै सार्वजनिक गरिएको उक्त गीतले कम समयमै दर्शकको मन जित्न सफल भएको छ ।
गीत रि–रेकर्ड गरेर सुन्दा उत्कृष्ट परिणाम आएपछि कमल मान सिंहले यो गीतको म्युजिक भिडियो निर्माण गर्ने निर्णय गरेका हुन् । नायिका सम्पदा बानिया“, अभिनेता माधवप्रसाद त्रिपाठी, गायक कमल मान सिंहसहित अन्य तीन जना कलाकारको आकर्षक नृत्यसहितको उक्त गीतको भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका हुन् । स्व.लोकबहादुर क्षेत्रीकै संगीतको यो गीतका शब्द संकलक दिलबहादुर बस्नेत हुन् । रिमेक गरिएको गीतमा मोहित मुनालले संगीत संयोजन गरेका छन् । निशान घिमिरेद्वारा सम्पादित यो गीतको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका हुन् ।
करिव दुई दशकदेखि पप तथा आधुनिक संगीतमा क्रियाशिल गायक तथा संगीतकार हुन् कमल मान सिंह । ‘पर्खाइको पीडा…’, ‘ओ कति मीठो माया…’, ‘ए काली…’, ‘आकाश रु“दा’, ‘सकिन…’ सहित थुप्रै लोकप्रिय गीत दिइसकेका गायक कमल मान सिंहले चार दशकअघिको लोकभाकाको गीतलाई रिमेक गर्नुलाई चुनौतीको रुपमा समेत लिएको बताएका छन् । अहिले बजारमा चर्चामा रहेका लोक भाकाका गीतभन्दा यो गीतलाई श्रोताले रुचाउन थालेको कमल मान सिंहको अनुमान छ । ‘गीत–संगीत कहिले पनि पुरानो हु“्दैन, कमल मान सिंह भन्छन्—‘४० वर्ष अघिको गीत भएपनि यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ, अहिलेका गीतको तुलनामा यो थप शसक्त छ ।’

https://www.youtube.com/watch?v=z6NuvHT0UKU&feature=youtu.be

Comments