काठमाडौं । मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेका तीन अभिनेत्री फेरि एकपटक -याम्पमा एकसाथ देखिँदैछन् । दरबारमार्गस्थित भिक्ट्री लन्ज एण्ड बार स्थापनाको एक वर्ष पूरा भएको अवसरमा ४ असार (शनिबार) हुने ‘भिक्टोरियन्स नाइटस्’ शीर्षकको फेसन शोमा प्रियंका कार्की, मलिना जोशी र माला लिम्बू शो स्टपर बन्दै -याम्पमा देखिन लागेका हुन् । शोको शुभारम्भ भने आयुष्मान देसराज जोशी र अर्पणा उपाध्यायले गर्दैछन् ।
संगीत, फेसन र नृत्यको फ्युजनको रुपमा रहने कार्यक्रममा मोडलहरुले मनिस राई, खुशी भेटवाल र खुस्बु रानाले डिजाइन गरेका लुगामा क्याटवाक गर्नेछन् । मोडलहरुको कोरियोग्राफी विपेन माइक गुरुङले गर्नेछ भने याशु खड्काले साल्सा नृत्य प्रस्तुत गर्नेछन् । धरानको हाम्रो डान्स घरले समसामयिक नृत्य प्रस्तुत गर्नेछ ।